काठमाडौँ, १ भदौ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका[...]
१ भदौ, काठमाडौं । अफगानिस्तानको सत्ता हस्तान्तरणको प्रक्रिया शान्तिपूर्ण बनाउने भन्दै गठन गरिएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको भेटका लागि दोहा जाने भएका छन् । परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको बताएको अल जजिराले [...]
भदौ १ गते, २०७८ ०८:१३ मा प्रकाशित
काठमाडौँ, १ भदौ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ ठाकुर, [...]
भदौ १ गते, २०७८ ०७:४८ मा प्रकाशित
काठमाडौँ, ३२ साउन गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन [...]
साउन ३२ गते, २०७८ १८:४८ मा प्रकाशित
काठमाडौँ, ३२ साउन सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराउनुभयो । यही साउन ३ गते प्रारम्भ भएको [...]
साउन ३२ गते, २०७८ १६:३८ मा प्रकाशित
काठमाडौँ, ३२ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो [...]
साउन ३२ गते, २०७८ १२:२२ मा प्रकाशित
काठमाडौँ, ३२ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्। उनले भनेका छन्, ‘तालिवानी विद्रोहीले सत्ता कब्जा [...]
साउन ३२ गते, २०७८ ०९:१७ मा प्रकाशित
काठमाडौँ, ३२ साउन। दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । देशका ३४ मध्ये [...]
साउन ३२ गते, २०७८ ०८:३५ मा प्रकाशित
३१ साउन, काठमाडौं । काबुल: अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । उनी तालिबानको कडा दबावपछि ताजिकिस्तानका लागि आइतबार उडेका हुन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । [...]
साउन ३१ गते, २०७८ २१:३१ मा प्रकाशित
काठमाडौँ, ३१ साउन नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार [...]
साउन ३१ गते, २०७८ १७:४२ मा प्रकाशित