वैशाख १९ २०८३, शनिबार

समाचार

वर्षाले अवरुद्ध भएका गाउँका सडक अझै खुलेनन्

डोटी, १४ साउन वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन् । भारी वर्षात्का कारण कम्तीमा पनि एक दजर्न बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका थिए । यतिमात्र नभई सडक [...]

साउन १४ गते, २०७८ १५:२४ मा प्रकाशित

जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

गोरखा, १४ साउन सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको [...]

साउन १४ गते, २०७८ १५:१७ मा प्रकाशित

एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

लमजुङ, १४ साउन यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला [...]

साउन १४ गते, २०७८ १५:०६ मा प्रकाशित

सेवोनलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौँ, १४ साउन अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उहाँको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो । [...]

साउन १४ गते, २०७८ १४:५७ मा प्रकाशित

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

त्रिशूली, साउन १४ गते । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा [...]

साउन १४ गते, २०७८ १४:२६ मा प्रकाशित

भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण अन्तिम चरणमा

त्रिशूली, साउन १४ गते । विनाशकारी भूकम्पले क्षति पुगेको नुवाकोटका अधिकांश विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणसहित अनुगमन, सुपरीवेक्षण र नियमनको जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत नुवाकोटमा अधिकांश विद्यालयमा सुविधासम्पन्न नयाँ भवनको निर्माण [...]

साउन १४ गते, २०७८ १४:१७ मा प्रकाशित

दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ पक्राउ

सिमकोट, साउन १४ गते । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात [...]

साउन १४ गते, २०७८ १४:१० मा प्रकाशित

खोलाले बगाएर ल्याएको आधा शरीर बरामद

जलेश्वर, साउन १४ गते । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको [...]

साउन १४ गते, २०७८ १४:०३ मा प्रकाशित

झापाका दश पालिकामा सिलबन्दी

झापा, साउन १४ गते । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, [...]

साउन १४ गते, २०७८ १३:५६ मा प्रकाशित