वैशाख १० २०८२, बुधवार

समाचार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ

काठमाडौँ, २७ साउन सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार घिसिङलाई चार [...]

साउन २७ गते, २०७८ १२:३७ मा प्रकाशित

मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, २७ साउन मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा [...]

साउन २७ गते, २०७८ १२:२८ मा प्रकाशित

मानुषी लघुवित्तको आइपिओ खुला

काठमाडौँ, २७ साउन मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम [...]

साउन २७ गते, २०७८ १२:२१ मा प्रकाशित

तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न पर्यटन व्यवसायीको माग

काठमाडौँ, २७ साउन पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार साँझ पर्यटनसँग सम्बन्धित विभिन्न [...]

साउन २७ गते, २०७८ १२:०२ मा प्रकाशित

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

बुटवल, २७ साउन लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत [...]

साउन २७ गते, २०७८ ११:५६ मा प्रकाशित

बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल

लन्डन, २७ साउन भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो [...]

साउन २७ गते, २०७८ ११:३८ मा प्रकाशित

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ

कर्णाली, २७ साउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार [...]

साउन २७ गते, २०७८ ११:२२ मा प्रकाशित

थप दुई नगरसँग भगिनी सम्बन्ध

काठमाडौँ, २७ साउन काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर [...]

साउन २७ गते, २०७८ १०:५४ मा प्रकाशित

४० महिना सरकारमा बसेको हेक्का छैन, एक महिने सरकारलाई प्रश्‍नै प्रश्‍न

काठमाडौँ, २७ साउन। पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई खासै महत्व दिएका थिएनन् । संसदीय गतिविधिहरूप्रति उनको खासै मोह देखिन्नथ्यो । ‘अदालतले ब्यूँत्याइदिएको प्रतिनिधिसभा’ भन्ने उनको बुझाई थियो । त्यसैले उनले प्रतिनिधिसभा ब्यूँतेपछिका चालू [...]

साउन २७ गते, २०७८ ०९:१५ मा प्रकाशित