वैशाख २४ २०८३, बिहीबार

समाचार

वर्षाले अन्नबालीमा मात्रै बैतडीमा दुई करोड बढीको क्षति

बैतडी, २५ कात्तिकअविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो ।     जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन [...]

कार्तिक २५ गते, २०७८ १२:३८ मा प्रकाशित

एमालेको नेतृत्व चयन सहमतिमै : सचिव ज्ञवाली

चितवन, २५ कात्तिक   नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ [...]

कार्तिक २५ गते, २०७८ १२:३३ मा प्रकाशित

दुर्घटनामा दुईको मृत्यु

राजविराज, २५ कात्तिक पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार [...]

कार्तिक २५ गते, २०७८ १२:२७ मा प्रकाशित

सुनको मूल्य एक हजार ३०० ले बढ्यो

     काठमाडौँ, २५ कात्तिक नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार [...]

कार्तिक २५ गते, २०७८ १२:१८ मा प्रकाशित

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

        पाँचथर, २५ कात्तिक   किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ ।        महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ । जन्मजयन्तीका अवसरमा [...]

कार्तिक २५ गते, २०७८ १०:५१ मा प्रकाशित

मुस्ताङको आकर्षण स्याउ पछि आलु

        गलकोट, २५ कात्तिक    मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ ।े स्याउजस्तै मुस्ताङी [...]

कार्तिक २५ गते, २०७८ १०:३७ मा प्रकाशित

उद्यमशीलता प्रवद्र्धन गर्न आग्रह

गण्डकी, २५ कात्तिक गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारी उद्यमशीलता प्रवद्र्धनमा जोडदिनुपर्र्ने बताउनुभएको छ ।पोखरा–११ स्थित महिला आधार बचत तथा ऋण सहकारी संस्थाको बुधबार पोखरामा सम्पन्न १० औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको शुभारम्भ गर्दै उहाँले सहकारीलाई बैंकहरु जस्तै [...]

कार्तिक २५ गते, २०७८ १०:२९ मा प्रकाशित

वडा अनुसार कृषि उत्पादन

         बलेवा, २५ कात्तिकबरेङ गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउने उद्देश्यले वडाअनुसारको उत्पादन थालेको छ । गाउँपालिकाका पाँच वडामा माटो र हावापानी अनुसारका कृषि पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकाले किसानलाई व्यवसायिक उत्पादनमा जोडेको हो ।    मकैको उत्पादन राम्रो हुने वडा नं १ धुल्लुबास्कोटलाई [...]

कार्तिक २५ गते, २०७८ १०:२४ मा प्रकाशित

पाखोबारीमा अलैँची खेती विस्तार

गलेश्वर, २५ कात्तिकपश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् ।     थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । [...]

कार्तिक २५ गते, २०७८ ०९:२८ मा प्रकाशित