काठमाडौँ, १३ मङ्सिर नेपाली कांग्रेस काठमाडौँका सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९५७ मत ल्याएर विजयी[...]
सौराहा, १३ मङ्सिरनेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्ययक्षमा ईश्वर पोखरेल र महासचिवमा शङ्कर पोखरेललगायत नेता निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि उहाँहरु निर्विरोध हुनुभएको [...]
मंसिर १३ गते, २०७८ १२:३५ मा प्रकाशित
डोटी, १३ मङ्सिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन [...]
मंसिर १३ गते, २०७८ १२:११ मा प्रकाशित
झापा, १३ मङ्सिरकनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर [...]
मंसिर १३ गते, २०७८ १२:०१ मा प्रकाशित
काठमाडौँ, १३ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]
मंसिर १३ गते, २०७८ ११:३४ मा प्रकाशित
सौराहा, १३ मङ्सिर नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका [...]
मंसिर १३ गते, २०७८ ११:१५ मा प्रकाशित
बागलुङ, १३ मङ्सिर गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताउनुभयो । १२ दिनसम्म चल्ने [...]
मंसिर १३ गते, २०७८ ११:०० मा प्रकाशित
काठमाडौँ, १२ मङ्सिर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो [...]
मंसिर १२ गते, २०७८ १८:०७ मा प्रकाशित
भरतपुर, १२ मङ्सिरबिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुनेभएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा [...]
मंसिर १२ गते, २०७८ १८:०१ मा प्रकाशित
काठमाडौँ, १२ मङ्सिर संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आज नेपाल युएईसँग ४८ रनले [...]
मंसिर १२ गते, २०७८ १६:२३ मा प्रकाशित