वैशाख २३ २०८३, बुधवार

समाचार

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

      काठमाडौँ, ९ फागुन सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ । खनिज इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिका कारण नेपाल जस्ता कमजोर अर्थतन्त्र [...]

फागुन ९ गते, २०७८ १४:१२ मा प्रकाशित

भाइरल ज्वरोका बिरामी बढे

    सिमकोट, ९ फागुन:   हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।         कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशभरि फैलिनुभन्दा केही महिनायता उक्त बिरामीको सङ्ख्यामा वृद्धि [...]

फागुन ९ गते, २०७८ १४:११ मा प्रकाशित

बाँकेका प्रभावशाली नेताहरु राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिए

बाँकेका प्रभावशाली राप्रपा नेताहरु पुर्नगठित राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको केन्द्रिय सदस्य पदमा समेटिएका छन् । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवम् पूर्व उप–प्रधानमन्त्री कमल थापाले राप्रपा पाटी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पाटी परित्याग गरेका थिए । राप्रपा नेपाललाई [...]

फागुन ९ गते, २०७८ १२:१६ मा प्रकाशित

हल्का वर्षा र हिमपातको सम्भावना

     काठमाडौँ, ९ फागुनदेशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना [...]

फागुन ९ गते, २०७८ १०:०९ मा प्रकाशित

एमसिसीमा कांग्रेसले बलजफ्ती गर्‍यो, अब सरकारमा बसिरहन सक्दैनौं- नारायणकाजी श्रेष्ठ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश गरिएको एमसिसी सम्झौंता निर्णयार्थ पेश हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता श्रेष्ठले एमसिसी बलजफ्ती संसदमा टेवल गरिए सरकार छोडने पार्टी संसदीय दल र [...]

फागुन ९ गते, २०७८ ०९:३८ मा प्रकाशित

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

        काठमाडौँ, ९ फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि [...]

फागुन ९ गते, २०७८ ०९:२० मा प्रकाशित

पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षित

       कास्की, ९ फागुन  पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् ।        पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक [...]

फागुन ९ गते, २०७८ ०९:१८ मा प्रकाशित

एम्बुलेन्सको ठक्करबाट मृत्यु

    इनरुवा, ९ फागुन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।         पश्चिमबाट पूर्वतर्फ जाँदै [...]

फागुन ९ गते, २०७८ ०९:१७ मा प्रकाशित

सप्तकोसी नगरपालिका भवन तोडफोड

        सप्तरी, ९ फागुन  तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ [...]

फागुन ९ गते, २०७८ ०९:०९ मा प्रकाशित