वैशाख १० २०८२, बुधवार

राजनीति

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

   जनकपुर, २७ पुस प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ ।        बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम [...]

पुष २७ गते, २०७८ १६:१६ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा शुभकामना

     काठमाडौँ, २७ पुस प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।        प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।     

पुष २७ गते, २०७८ ११:५९ मा प्रकाशित

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

     सुदूरपश्चिम, २७ पुसनेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित हुनुभएको छ । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनुभएको [...]

पुष २७ गते, २०७८ ११:३६ मा प्रकाशित

नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

    लण्डन, २७ पुसअर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन [...]

पुष २७ गते, २०७८ ०८:५३ मा प्रकाशित

कर्णालीका चार जिल्लामा एमाले अधिवेशन सम्पन्न

कर्णाली, २७ पुसनेकपा (एमाले)ले कर्णाली प्रदेशका चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन सुरु भएका प्रदेशका आठ जिल्लामध्ये सल्यान, रुकुमपश्चिम, डोल्पा र जुम्लामा सहमतीय विधिबाट नेतृत्व चयन गरिएको हो ।     एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार [...]

पुष २७ गते, २०७८ ०८:४० मा प्रकाशित

राष्ट्रियताका लागि एमाले निर्विकल्प छ : अध्यक्ष ओली

        खाँदबारी, २६ पुस  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभएको छ ।        सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको [...]

पुष २६ गते, २०७८ १७:४५ मा प्रकाशित

संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने , अर्थमन्त्री शर्मा

काठमाडौं, २६ पुस अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभएको छ । सोमबार राजधानीमा बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संकटका बेला बढी नाफामुखी हुन नहुने बताउनुभएको [...]

पुष २६ गते, २०७८ १७:१५ मा प्रकाशित

एमाले अध्यक्ष ओली सङ्खुवासभामा

खाँदबारी, २६ पुस :नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुग्नुभएको छ ।      पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुग्नुभएको हो । उहाँका साथमा एमालेका उपाध्यक्ष विष्णु [...]

पुष २६ गते, २०७८ १६:२८ मा प्रकाशित

शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

   चितवन, २६ पुस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो ।         मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान [...]

पुष २६ गते, २०७८ १०:५५ मा प्रकाशित