वैशाख १८ २०८३, शुक्रबार

राजनीति

निर्वाचन बिथोल्ने प्रयास भइरहेको छः कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अझै पनि निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले [...]

फागुन १० गते, २०८२ १९:५७ मा प्रकाशित

अबुधाबीस्थित नेपाली दूतावासमा प्रजातन्त्र दिवस

काठमाडौँ- नेपाली राजदूतावास अबुधाबीले विभिन्न कार्यक्रमको गरी ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ। राजदूत, राजदूतावासका कर्मचारी, यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपालीहरूको उपस्थिति दूतावासले बिहीबार प्रजातन्त्र दिवस मनाएको हो। राष्ट्रिय गान र सहिदहरूप्रति [...]

फागुन ८ गते, २०८२ १९:५५ मा प्रकाशित

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, जित्नुस् ५० हजार रूपैयाँ

काठमाडौँ- तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि [...]

फागुन ८ गते, २०८२ ०७:०२ मा प्रकाशित

एमाले नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौँ- नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्। उनी काठमाडौँ क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उक्त अवसरमा [...]

फागुन ७ गते, २०८२ १८:४९ मा प्रकाशित

कांग्रेसको सरकार बनेपछि कसैले अपमानित हुन पर्दैन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई दूषित बनाएको बताएका छन्। प्रतिज्ञा पत्रको सन्दर्भमा सिधा प्रश्नोत्तर कार्यक्रमका क्रममा राष्ट्रिय सभागृहबाट सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि [...]

फागुन ७ गते, २०८२ १७:२३ मा प्रकाशित

पार्टी र नेताले धेरैपटक जिते यसपालि जनता जिताउने हो: रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले खोजेको विकल्प रास्वपा भएको बताएका छन्। बिहीबार कर्णालीको राजधानी सुर्खेतमा भएको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले अरूले धेरै वर्षसम्म पनि मौका पाएर पनि जनताका आकांक्षा पूरा गर्न नसकेपछि आफूहरू जनताले [...]

फागुन ७ गते, २०८२ १७:१७ मा प्रकाशित

डीपी अर्यालसँग जम्काभेट भएपछि कलाकार रुपाखेतीले भने- अब विजय जुलुसको पनि तयारी थाल्नुस्

काठमाडौँ- हास्य कलाकारका रूपमा उदाएका दमन रुपाखेती अहिले चर्चित टीभी श्रृखंला ‘मेरी बास्सै’का निर्देशक र अभिनेता हुन्। तिनै रुपाखेतीसँग रास्वपाका उपसभापति एवं काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी)को जम्काभेट भयो। नागार्जुन नगरपालिका–७ मा घरदैलो गर्ने क्रममा [...]

फागुन ७ गते, २०८२ ०७:०८ मा प्रकाशित

चुनावी प्रतिज्ञापत्रबारे गगन थापाले प्रश्नोत्तर गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ। बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्। भोलि (बिहीबार) दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईंको [...]

फागुन ६ गते, २०८२ २१:२२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौँ- निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले आज (बुधबार) पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले कट्टेललाई आज (बुधबार) कीर्तिपुरबाट पक्राउ गरिएको जानकारी दिए। हालसम्म कट्टेलसँगै [...]

फागुन ६ गते, २०८२ १९:३० मा प्रकाशित