वैशाख २४ २०८३, बिहीबार

समाचार

राष्ट्रिय वन प्राविधिक सञ्जालको कर्णाली प्रदेश अध्यक्षमा देवकोटा

          कर्णाली, २९ पुस  नेपाल राष्ट्रिय वन प्राविधिक सञ्जाल कर्णाली प्रदेशको अध्यक्षमा जुम्लाका प्रकाश देवकोटा सर्वसम्मत् चयन हुनुभएको छ ।        कर्णाली प्रदेशको राजाधानी वीरेन्द्रनगरमा बुधबार सम्पन्न प्रथम कर्णाली प्रदेश सम्मेलनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय प्रदेश कार्य समिति सर्वसम्मत चयन भएको [...]

पुष २९ गते, २०७८ १३:५१ मा प्रकाशित

सङ्खुवासभामा हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार   

खाँदबारी, २९ पुस    सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।        प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका [...]

पुष २९ गते, २०७८ १३:४८ मा प्रकाशित

सुकुम्बासीको लगत सङ्कलन माघ १८ बाट

         चितवन, २९ पुस राष्ट्रिय भूमि आयोगले जिल्लाका तीन पालिकामा छुटेका सुकुम्बासीको लगत सङ्कलन माघ १८ गतेबाट सुरु गर्ने भएको छ ।        आयोगले भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकामा छुटपुट भएका सुकुम्बासी दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरूको [...]

पुष २९ गते, २०७८ १३:३७ मा प्रकाशित

४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

            काठमाडौँ, २९ पुस   लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ ।        गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध [...]

पुष २९ गते, २०७८ १३:२९ मा प्रकाशित

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

          फुङ्लिङ, २९ पुस ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।        गए राति बाक्लो हिमपात भएको थियो । [...]

पुष २९ गते, २०७८ १३:२० मा प्रकाशित

छसय एघार घरपरिवारलाई निःशुल्क कम्बल वितरण

       खोटाङ, २९ पुसकेपिलासगढी गाउँपालिकाका ६११ घरपरिवारलाई कम्बल निःशुल्क वितरण गरिएको छ । अमेरिकामा सञ्चालित होप एण्ड हेल्पिङ हेण्डस् नामक संस्थाको आर्थिक सहयोगमा उक्त गाउँपालिकाको सातवटै वडाका अतिविपन्न, एकल महिला र अशक्त व्यक्ति भएका घरपरिवार छनोट गरी उनीहरुको गाउँमै लगेर [...]

पुष २९ गते, २०७८ १३:२० मा प्रकाशित

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

       पाल्पा, २९ पुस    तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।         शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो । राजीनामा स्वीकृत भएपछि अवकाश [...]

पुष २९ गते, २०७८ १३:०८ मा प्रकाशित

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

          राँझा, २९ पुस:   नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक [...]

पुष २९ गते, २०७८ १३:०६ मा प्रकाशित

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

        कञ्चनपुर, २९ पुस    शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।         उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी [...]

पुष २९ गते, २०७८ १०:४५ मा प्रकाशित