वैशाख २४ २०८३, बिहीबार

समाचार

पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित

    कास्की, १३ माघभौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हँुदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरु आजदेखि स्थगित गरिएको छ ।        पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट केही कर्मचारी सङ्क्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरु बन्द गरिएको महानगरपालिकाले सूचना [...]

माघ १३ गते, २०७८ १०:२६ मा प्रकाशित

प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

    कर्णाली, १३ माघ    वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ ।        अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म [...]

माघ १३ गते, २०७८ १०:२२ मा प्रकाशित

वन अधिकार सुनिश्चितताका लागि हस्ताक्षर सङ्कलन

       गण्डकी, १३ माघ  सामुदायिक वन महासङ्घ नेपालले उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै देशव्यापी आन्दोलन शुरु गरेको छ । कोभिड–१९ को उच्च जोखिममा रहेको अवस्थामा महासङ्घले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालन गर्दै साङ्केतिकरुपमा एक महिने आन्दोलन घोषणा गरेको हो ।      [...]

माघ १३ गते, २०७८ १०:१६ मा प्रकाशित

राष्ट्रियसभा सदस्यमा विजयीलाई बधाई

    काठमाडौँ, १३ माघ  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएका नेताहरुलाई बधाई दिनुभएको छ ।        उहाँले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी हुनुभएका [...]

माघ १३ गते, २०७८ १०:१२ मा प्रकाशित

जिप दुर्घटना हँुदा दुईको मृत्यु

    मङ्गलबारे, १३ माघ आज बिहान इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आँफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।        मेची राजमार्गको रोङ [...]

माघ १३ गते, २०७८ १०:११ मा प्रकाशित

पशु शिविरमा २२१ सामुदायिक कुकुरको बन्ध्याकरण

      दमौली, १३ माघ  भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको पशु शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रले मङ्गलबार र बुधबार आयोजना गरेको निःशुल्क पशु शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो ।         व्यास नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको [...]

माघ १३ गते, २०७८ १०:०७ मा प्रकाशित

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

      डोटी, १३ माघकैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज [...]

माघ १३ गते, २०७८ ०८:४८ मा प्रकाशित

बस दुर्घटनामा आठ घाइते

      बैतडी, १३ माघ  यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो ।        दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले [...]

माघ १३ गते, २०७८ ०८:४४ मा प्रकाशित

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

       वीरगञ्ज , १३ माघ:   राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ [...]

माघ १३ गते, २०७८ ०८:३८ मा प्रकाशित