वैशाख ७ २०८२, आइतबार

राजनीति

काँग्रेस महासमिति सदस्य लामाको निधन

नेपाली काँग्रेसका महासमिति सदस्य गजेन्द्रकुमार लामाको बिहीबार निधन भएको छ । काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य लामाको भारतको मेदान्त अस्पतालमा कलेजो प्रत्यारोपणपछि उपचारका क्रममा निधन भएको सो पार्टीका वागमती प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले जानकारी दिए ।

चैत १४ गते, २०७६ ०८:३६ मा प्रकाशित

सरकारको निर्देशन पालना गर्न पूर्वप्रधानमन्त्री नेपालको अपिल

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण एवम् रोकथामका लागि सरकारको निर्देशन पालना गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालले कोरोनाको प्रकोप नियन्त्रणका लागि आत्मसंयम हुन र सचेतना अपाउन सबैमा आज अपिल [...]

चैत १३ गते, २०७६ १५:०० मा प्रकाशित

कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब

बिराटनगर । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ [...]

चैत १३ गते, २०७६ १०:३९ मा प्रकाशित

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह [...]

चैत १२ गते, २०७६ १८:०९ मा प्रकाशित

चीनबाट आगामी तीन दिनभित्र स्वास्थ्य सामग्री आउँछ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । सरकारले आगामी तीन दिनभित्रै चीनबाट कोरोनो संक्रमण रोकथामका लागि आवश्यक औषधी र उपकरण ल्याइसक्ने जनाएको छ । कोरोना रोकथाम उच्चस्तरिय समन्वय समितिको मंगलबार बसेको बैठकले मिछेकी मुलुकहरुबाट आवश्यक औषधी तथा उपकरण ल्याउने निर्णय गरेको थियो । सोही निर्णय [...]

चैत १२ गते, २०७६ १७:४१ मा प्रकाशित

सङ्क्रमण शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका सङ्क्रमण शङ्कास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा [...]

चैत १२ गते, २०७६ १५:३६ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक चैत्र २३ गतेसम्मका लागि स्थगित

काठमाडौं । बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक आगामी २३ गतेसम्मका लागि स्थगित गरिएको छ । चैत ६ गते १३ गते बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । कोरोनाको सम्भावित महामारीका कारण २३ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको [...]

चैत १२ गते, २०७६ १२:०७ मा प्रकाशित

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यकबाहेकका भेटघाट बन्द

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरीबाहेकका भेटघाट आजबाट बन्द गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गर्नुभएको उहाँका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले कोरोना भाइरसले [...]

चैत १० गते, २०७६ १५:४७ मा प्रकाशित

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ ।

चैत ७ गते, २०७६ १२:०१ मा प्रकाशित