लुम्बिनी, १६ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन[...]
काठमाडौँ, १६ मङ्सिरप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख [...]
मंसिर १६ गते, २०७८ १४:५१ मा प्रकाशित
महेन्द्रनगर, १६ मङ्सिरनेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा [...]
मंसिर १६ गते, २०७८ १४:०३ मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिरराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै [...]
मंसिर १६ गते, २०७८ ११:३० मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिर नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश [...]
मंसिर १६ गते, २०७८ ११:१३ मा प्रकाशित
काठमाडौँ, १५ मङ्सिर प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले यसै [...]
मंसिर १५ गते, २०७८ १९:०४ मा प्रकाशित
कर्णाली, १५ मङ्सिर कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गर्नुभएको हो । विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताउनुभयो । मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको [...]
मंसिर १५ गते, २०७८ १६:४१ मा प्रकाशित
भक्तपुर, १५ मङ्सिर जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलोचरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा [...]
मंसिर १५ गते, २०७८ १५:१२ मा प्रकाशित
काठमाडौँ, १५ मङ्सिर नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास [...]
मंसिर १५ गते, २०७८ १५:०६ मा प्रकाशित
काठमाडौँ, १५ मङ्सिर अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मोबाइल वितरक सङ्घको दोस्रो महाधिवेशनको आज उद्घाटन गर्ने उहाँले [...]
मंसिर १५ गते, २०७८ १४:०४ मा प्रकाशित