टक्सार हाइड्रोको आईपीओ बाँडफाँट
काठमाडौँ- टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) बुधबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा जेठ ६ गते बुधबार आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त शेयरको कुल मूल्य २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबर रहेको छ। निष्काशन अवधिभर कुल २९ लाख ४८ हजार ९ सय ६६ जना आवेदकबाट ३ करोड ३७ लाख ४६ हजार २०० कित्ता शेयरका लागि आवेदन परेको थियो। कुल आवेदनमध्ये २७ लाख ७१ हजार २ सय ५२ वटा आवेदन सदर भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको प्रभु क्यापिटलले जनाएको छ। गोलाप्रथाअनुसार कुल २ लाख ५१ हजार ५४५ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी १० कित्ताका दरले बाँडफाँट गर्दा बाँकी रहेको ५ कित्ता शेयर भने थप ५ जना भाग्यमानी लगानीकर्तालाई एक-एक कित्ताका दरले प्रदान गरिएको छ। यस अनुसार ती ५ जना लगानीकर्ताले ११ कित्ताका दरले शेयर हात पारेका छन्।



प्रतिक्रिया दिनुहोस्