रास्वपाका सांसदहरूले आज अर्थ र भौतिक पूर्वाधार मन्त्रीसँग छलफल गर्दै
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज (बुधबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन्। छलफल अपराह्न चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा राखिएको छ।
छलफलमा नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे छलफल हुनेछ। साथै सांसदहरुले आआफ्ना क्षेत्रमा आवश्यक बजेट र कार्यक्रमबारे मन्त्रीहरुलाई जानकारी गराउने तयारी छ ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउँदैछ। त्यसअघि मन्त्री र सांसदबीच छलफल कार्यक्रम राखिएको हो ।




प्रतिक्रिया दिनुहोस्