सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज वैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) को निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो कुल जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा त्यसको १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको हो।
यस आईपीओमा आवेदन दिन इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिएको हुनुपर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो निष्काशन छिटोमा वैशाख २४ गतेसम्म खुला रहनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्