फिल्मीशैलीमा दुई युवामाथि तरबार प्रहार

कोहलपुर/ कोहलपुर क्षेत्रमा वेला वेलामा भइरहने अपराधिक गतिविधीले नगर क्षेत्रको शान्ति सुरक्षामा प्रश्न उठ्न थालेको छ । शनिवार फिल्मी शैलीमा दुई युवामाथि तरवार प्रहार भएको घटनालाई शान्ति सुरक्षामा गम्भिर प्रश्न चिन्ह खडा गरिदिएको छ ।
दश विगाह क्षेत्रमा कोहलपुर वडा नं ५ बस्ने प्रदिप राना र विशाल केसी माथि तरवार प्रहार भएको हो । तरवार प्रहारबाट प्रदिप रानाको घाँटी, दाहिने हातको बुढी औला र खुट्टामा गम्भिर चोट लागेको छ । आक्रमणबाट गम्भिर घाइते भएका रानाको दशविगाह प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाडौं रिफर गरिने तयारी भइरहेको बताइएको छ । अर्का युवा विशाल केसमाथि पनि तरवार प्रहार भएको छ । आक्रमण संलग्न समूहले के.सीको ढाँडमा खुकुरी लागेकोमा उनको अहिले नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको र स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
घटनाको परिदृश्य ?
सधैझै व्यस्त रहने कोहलपुर दशविगाहा क्षेत्र आइतवार पनि पुरानै लयमा थियो । मेडिकल कलेजमा वाहिरबाट विरामी बोकेर आउने एम्बुलेन्सहरु चर्को आवाजमा साइरन बजाउँदै भित्र वाहिर गरिरहेका थिए । विरामी कुरुवाहरु वाहिरका फार्मेसीहरुमा औषधी खरिद गर्ने धुनमा कोही वाहिर आउँदै थिए कोही औषधी खरिद गरेर अस्पताल हाताभित्र प्रवेश गरिरहेका थिए । सो क्षेत्रमा रहेका किराना, खाजा नास्ता पसलमा मानिसहरुको सामान्य भिडभाड नै थियो । मौसम फेरवदल भइरहेको थियो, रिमझिम हलुका वर्षा हुने क्रम चलिरहेको थियो । यसै बीचमा दशविगाह उत्तर गेटदेखिको पश्चिम सडकबाट एउटा रातो पल्सर मोटरसाइकलमा सवार दुई युवा दशविगाह क्षेत्रमा पुग्छन् । दंगाली फार्मेसी वाहिर स्थानिय प्रदिप राना र विशाल के.सी. कुराकानी गरिरहेका हुन्छन् । उनीहरु अति मिल्ने साथीहरुहरुका रुपमा सो क्षेत्रमा परिचित छन् । कुराकानी पछि विशाल आफ्नो स्कुटर स्टार्ट गरेर नेपालगञ्ज जाने सुर गर्छन र प्रदिप हिडेर अलि परपुगेका हुन्छन् । विशाल स्कुटर स्टार्ट गरेर अलि अगाडी मात्र के पुगेका हुन्छन्, त्यति नै वेला उनको पछाडीतर्फबाट तरवार प्रहार हुन्छ । ढाँडको दाहिने भागमा अघि रातोपल्सरमा आएका दुई युवामध्ये एकले प्रहार गरेको हुन्छ । आपूmलाई आक्रमण भएको थाहा हुने वित्तिकै विशाल त्यसठाउँबाट दशविगाह अस्पतालको उत्तर गेटसम्म भागेर आक्रमणकारीबाट बाँच्न सफल हुन्छन् ।
सँगैका प्रदिप रानाले घटना आफ्नै आँखा अगाडी देखेपछि आपूmलाई पनि आक्रमण हुने निश्चित भएपछि त्यहाँबाट भागेर नजिकैको एक होटलको कोलियाबाट भित्र छिरेर पछाडीको धारा रहेको ठाउँसम्म पुग्छन् । प्रदिप रानालाई मोटरसाइकलमा आएका एक युवाले तरवार सहित प्रदिपलाई पछ्याउँदै होटल भित्र प्रवेश गर्छ । सँगैको अर्को युवा मोटरसाइकल पार्किङ्ग गरेर नाङ्गो तरवार देखाउँदै भित्र छिरेको हुन्छ । प्रदिप होटल पछाडीबाट भाग्ने प्रयास गरेपनि भाग्ने ठाउँ नपाएपछि दुई युवाको साँघातिक आक्रमणको शिकार बन्छन् । ति २ युवाले अन्धाधुन्ध तरवार चलाउँदा प्रदिपको गर्धन, दाहिने खुट्टाको फिला, देब्रे खुट्टाको पैताला र खुट्टाको घुडामुनी गम्भिर चोट लागिसकेको हुन्छ । त्यसपछि अचेत अवस्थामा पुगेका प्रदिपको दाहिने हातको बुढी औला नि कटिसकेको हुन्छ । अचेत अवस्थामा पुगिसकेका प्रदिपलाई घिसारेर धाराबाट होटलको कोलियातर्फ घिर्सादा धारा रहेको भित्ता र कोलिया पुरै रगताम्य हुन्छ । वाहिर मानिसहरुको भीड जम्मा भइसकेको हुन्छ । आक्रमणमा संलग्न युवाहरु वाहिर आउँछन् र तरवारलाई भुइमा झट्का दिँदै तरवारमा लागेको रगत हटाउँछन् । उनीहरु निर्धक्क भएर मोटरसाइकल स्टार्ट गरेर त्यहाँबाट जताबाट आएका थिए उतैतिर भाग्छन् । आक्रमणको समयमा आक्रमणमा संलग्न युवाहरुले हेलमेट नफुकालेको र मोटरसाइकलको नम्वर प्लेट छोपेका कारण स्थानीयहरुले पहिचान गर्न सक्दैनन् । आक्रमणमा संलग्न युवाहरु भागेपछि अचेत अवस्थाका प्रदिपलाई नजिकै रहेको मेडिकल कलेज पु¥याइन्छ । प्रहरी निरीक्षक सहितको प्रहरी टोली घटनास्थल हुँदै अस्पताल पुग्दा आक्रमणमा संलग्न युवाहरु फरार भइसकेका हुन्छन् ।
घटनाको कनेक्शन ?
यो घटनाको कनेक्शन शुक्रवार कोहलपुर वडा नं १० हाइस्कूल क्षेत्रमा भएको घटनासँग सम्बन्धित भएको बताइएको छ । शुक्रवार साँझ ५ बजेतिर हाइस्कूल पीपलचौताराबीचमा स्थानिय युवा विनय चन्दमाथि कुटपिट भएको हुन्छ । कुटपिट गर्नेमा प्रदिप राना, विशाल के.सी. र धिरज बुढा संलग्न रहेको कोहलपुर प्रहरीले जनाएको छ । शुक्रवारको घटनाबारे प्रहरीले जानकारी पाएपछि घटनामा संलग्न प्रदिप र धिरजलाई नियन्त्रणमा लिएर प्रहरीले कुटपीटबाट घाइते भएका चन्दलाई अस्पताल पु¥याउँछ । कुटपिटबाट चन्दको टाउकोमा चोट लागेको र एक टाका लगाएपछि अर्को दिन शनिवार छलफल गर्ने गरी चन्दलाई प्रहरीले घर पठाउँछ । शनिवार छलफलका लागि प्रहरीले पटक पटक बोलाउँदा पनि चन्द शनिवार साँझसम्म छलफलमा उपस्थित हुँदैनन् । अन्ततः कुटपिटका पीडित चन्द सम्पर्कमा नआएपछि प्रहरीले धिरज र प्रदिपलाई आफन्तको जिम्मा लगाएर चन्द सम्पर्कमा आएपछि पुनः छलफल गर्नेगरी छाडिदिन्छ । आइतवार विहान पनि प्रहरीले छलफलमा उपस्थित हुन चन्दलाई सम्पर्क गर्न खोज्दा चन्द सम्पर्कमा आउँदैन । त्यसको केही समयपछि प्रदिप सहित अन्य एक युवामाथि आक्रमण भएको जानकारी प्रहरीलाई पुग्छ । कोहलपुर प्रहरीका अनुसार घटनामा चन्दको संलग्नता रहेको आंशका रहेको छ, प्रहरी सम्पर्कमा नआएका चन्दलाई पक्राउ गरेर अनुसन्धान पछिमात्र घटनामा कस्को संलग्नता रहेछ भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ ।
प्रहरी अप्रेशन ?
प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडी बढाउँर्दैै घटनामा संलग्न युवाहरुको खोजी कार्यलाई तिब्र बनाएको छ । इलाका प्रहरी कार्यालयले घटनास्थलमा रहेका स्थानियहरुसँग बयान तथा सोधपुछको प्रक्रिया अगाडि बढाउँदै सोही स्थानमा रहेका सम्भावित हुलिया खुल्न सक्ने गरी राखिएको सिसिटिभि फुटेजबाट पहिचान गरी खोजि कार्य तिव्र बनाएको छ । प्रहरीले आज भएको तरबार काण्ड र गत शुक्रबार भएको घटनाका सबै संलग्नहरुलाई प्रारम्भिकरुपमा सोधपुछ तथा खोजी कार्य गरिरहेको छ । इलाका प्रहरी कार्यालयले जिल्लाको सबै नाकाहरुमा कडा रुपमा चेकजाँचलाई अगाडि बढाएको छ । जिल्लामा रहेका सबै तहका प्रहरीहरुलाई परिचालन गरेको बुझ्नमा आएको छ । विस्तृत विवरण भने आउन बाँकी ।
प्रतिक्रिया दिनुहोस्