काठमाडौँ । नेपाल प्रहरी र चिनियाँ नागरिक बिच झडप हुँदा प्रहरी सहित तीन जना घाइते भएका छन्

कोरोना महामारीका कारण देशमा लकडाउनको ४६ औ दिन चलिरहेको बेला घर फर्कन माग गर्दै शुक्रवार चिनियाँ नागरिकहरू सिंहदरबारमा धर्नाका लागि उत्रिएका थिए ।

‘नो मनी, नीड गो होम’ (पैसा छैन, घर जान देऊ) लेखिएको टेम्पलेट लिएर २५ देखी ३० जना चिनियाँ नागरिकहरू सिंहदरबार अगाडी सडकमा नाराबाजीमा गर्न थालेका हुन् ।

उनीहरूलाई रोक्ने क्रममा नेपाल प्रहरी र त्यी चिनियाँ नागरिक बिच हातपाई हुँदा दुई चिनियाँ नागरिक र एक नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) एच बि बस्नेत सामान्य घाइते भएका छन् ।

भिडियो

तस्बिर : जीवन सिंह

लकडाउन खुलेलगत्तै हात–हातमा स्मार्ट लाइसेन्स