निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका पक्राउ

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालयको मूलगेटमा न्याय तथा घाइतेहरुको उपचार खर्चको माग गर्दै एक महिनादेखि धर्नामा बसेका निर्मलाको न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले बताए।
‘आवागमनमा असहज परिस्थित सृजना गरेपछि हामी नियन्त्रणमा लिएका छौँ’, उनले नेपालखबरसँग भने।
पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ७ जना रहेका छन्। प्रशासन ओहोरदोहोरमा धर्नामा बसेकाहरुले हस्तक्षेप गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निर्मलाको न्याय तथा घाइतेहरुको उपचार खर्च लगायतको माग गर्दै न्यायिक आन्दोलनका घाइते र अधिकारकर्मीहरु एक महिनादेखि धर्नामा छन्।
प्रतिक्रिया दिनुहोस्