काठमाडौँ- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका-११, मीनभवन बस्ने ४६ वर्षीय श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कागेश्वरी मनहरा-५ बाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरणको पत्रको आधारमा उनलाई पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।