काठमाडौँ : नेपालको तत्कालीन प्रधानमन्त्रीसहितको लुम्बिनीको तस्बिर राखेर भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबारे भारतले भ्रम फैलाउने प्रयास गरेको छ।

भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल @PMOIndia मा मायादेवी मन्दिरमा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन गर्दै गरेको तस्बिर राखेर’ दुनियाँलाई भारतले बुद्ध दिएको’ लेखेका छन्।

सो तस्बिर लुम्बिनीमा भएको विश्व बौद्ध सम्मेलनमा सहभागी हुन आएको बेलाको हो। तस्बिरमा सन् २०२३ अप्रिल २० को विश्व बौद्ध सम्मेलनको क्रमको तस्बिर भनेर उल्लेख गरे पनि कहाँको तस्बिर भन्ने उल्लेख नगरी भ्रम फैलाउने प्रयास गरिएको देखिन्छ।

शाक्य मुनी बुद्ध जन्म स्मारक शिला लेखिएको प्रस्ट देखिने तस्बिरमा नेपालका तत्कालीन पर्यटनमन्त्री प्रेम आले समेत देखिन्छन्।

तस्बिरमा लेखिएको छ’ जहाँ बुद्धको करुणा छ त्यहाँ सङ्घर्ष हैन समन्वय हुन्छ। अशान्ति हैन शान्ति हुन्छ। तस्बिर पोस्ट गर्दै क्याप्सनमा ‘भारतले दुनियाँलाई युद्ध हैन बुद्ध दियो भनेर लेखिएको छ।