कोहलपुर डेस्क
कोहलपुर कोहलपुर नगरपालिकाको पानी टंयाक्करमा विज्ञापन तथा प्रचारलाई कोहलपुर नगरपालिकाले मेटाएको छ ।

नेपालगंजस्थित ताज इन्जिनियरिङ इण्डष्ट्रिजको पानी टंयाकरमा प्रचार गरिएको थियो ।

कोहलपुर नगरपालिकाले यत्र तत्र रहेको विज्ञापन तथा होर्डिङ बोर्डहरुलाई व्यवस्थित गर्दै आएता पनि आफ्नो सवारी साधनमा विज्ञापन तथा प्रचारमा ध्यान नदिएको नगरपालिकाले बताएको छ । साथै कोहलपुरको एक स्थानियका अनुसार मिडियामा प्रकाशित समाचारलाई ध्यान दिँदै नगरपालिकाले विज्ञापन मेटाएको हुँदा एकदमै सह्रानिय काम गरेको बताए ।

गत बैशाख ७ गते कोहलपुर नगरपालिकाको सवारी साधनमा रहेको व्यवसायिक प्रचारमा आपत्ति भन्ने शिर्षकमा न्यूज नमस्ते अनलाइन मिडियाले समाचार प्रकाशित गरेको थियो ।

यो पनि पढ्नुहोस् ।