काेहलपुर / बाँकेको कोहलपुर नगरपालिका वडा न.१ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को पुरै प्यानलको जित भएको छ ।

निर्वाचित वडा अध्यक्ष बद्री प्रसाद जैसी (७२४), महिला सदस्य बिन्दु कुमारी शाही , दलित महिला सदस्य सितली दमाई , खुल्ला सदस्य कबिराम पुलामी मगर र खुल्ला सदस्य गंग कामीले बिजय हासिल गरेका छन् ।

वडा अध्यक्ष पदमा प्रतिस्पर्धामा नेकपा एमालेका रुद्र प्रसाद खनालले ६४८, नेपाली काग्रेस ४८५ मत प्राप्त गरेका हुन् ।

काेहलपुर वडा नं १ बाट नेकपा माओवादी केन्द्रकाे तर्फबाट मेयर पदमा ९२५ , नेकपा एमाले का खिल प्रसाद भुषालले ५२० र नेपाली कांग्रेका पुर्ण प्रसाद आचार्यले ४१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयर पदमा नेकपा माओवादी केन्द्र गठबन्धन तर्फबाट नारायणी वलिले ५३८, नेकपा एमाले कि अस्मिता थारुले ६०८ र नेपाली कांग्रेसकि संगिता सुवेदीले ४६७ मत प्राप्त गरेका छन् ।

अहिले काेहलपुर नगरपालिका वडा नं १५ काे मतगणना भैरहेकाे छ ।