भोलि बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । अर्को बैठक यही पुस २८ गते बुधवार बस्नेछ ।

सङ्घीय संसद्का महासचिव डा। भरतराज गौतमले आज बुधवार सूचना निकालेर बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने जानकारी गराउनुभएको हो । ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम९६० को उपनियम ९३० वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ’ , सूचनामा भनिएको छ ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।