बाँकेमा आज थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३०७ नमुना परीक्षण गर्दा ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।भेरीको प्रयोगशालामा २४१ नमुना परीक्षण गर्दा ५१ जना, कोहलपुर मेडिकल कलेज कोहलपुुर ४८ नमुना परीक्षण ६ जना र बागेश्वरीको प्रयोगशालामा १८ नमुना परीक्षण गर्दा ३ जना गरी ६० जना संक्रमित थपिएका हुन् ।तीमध्ये बाँकेका २६ जना रहेका छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय ७८ पुगेको छ । यसअघि १६९ नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।

आज थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै जिललामा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ३६ पुगेको छ । जिल्लामा २७ जना मध्यम बिरामी छन् । १७ जना सिकिस्त बिरामी रहेका छन् ।४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।