कोहलपुर/ बैंकहरुले गरेको ब्याज वृद्धिको विरुद्धमा कडा कदम चाल्दै आएका ब्यबसायिक हक हित संरक्षण समिति कोहलपुरद्वारा आयोजित बैक ब्याज वृद्धि र बैंकको ज्यादति विरुद्धको कार्यक्रमहरु हाललाई स्थगित भएको छ ।

उक्त विरोध कार्यक्रमलाई निस्कर्षमा पुर्याउनको लागि कोहलपुर उद्योग बणिज्य संघ, नेपालगन्ज उद्योग बाणिज्य संघ र राप्ति सोनारी उद्योग बाणिज्य संघ संग समन्वय गरि बाँके जिल्लाको ८ वटै स्थानिय तहमा रहेका व्यावसायी सगं एक्यवद्धता गराउँदै लैजान एक हप्ता भित्र कोहलपुर उद्योग बाणिज्य संघ र नेपालगन्ज उद्योग बाणिज्य संघ संग समन्ययात्मक बैठक बसि निर्णय गरि अगाडि बढ्न ब्यबसायिक हक हित संरक्षण समिति कोहलपुरले निर्णय गरेको छ ।

कार्यक्रम जिल्ला बाँकेको सम्पूर्ण सरोकारवाला निकाय आन्दोनलमा उत्रने तयारी भैरहेको जनाइएको छ । व्यवसायिक हक हित संरक्षण समिति कोहलपुरले आफ्ना धारणा सार्वजनिक गर्दै बैंकहरुले गरेको व्याजदर बृद्धिका विरुद्धमा चरणवद्ध आन्दोलन गर्ने जनाएको हो ।

व्यवसायिक हक हित संरक्षण समिति कोहलपुरका संयोजक राजेन्द्र श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेख्छन् बैंकहरुको नाफा यति हुँदा समेत सरकार र राष्ट्र बैंकले बैंकहरुलाइ ऋणिहरुको लागि ६ महिना देखि एक बर्ष सम्म समय बढाउन र बढेको ब्याज कम गर्न कुनै कदम चाल्न र भन्न सक्दैन भने हामि जनताहरुले यस्तो सरकार र रास्ट्र बैंकबाट के अपेक्षा गर्नु । धिक्कार छ । अब सरकार र राष्ट्र बैंक जनताको होइन, बैंक माफियाको भएको प्रमाणित हुन्छ ।

यसैगरी बैंक, लघुबित्त र सहकारीले यति सम्म ज्यादती गर्दा पनि अझै ऋणिहरुको होस खुले जस्तो लागेन मलाइ । अबको आन्दोलन २०६२/०६३ सालको गणतन्त्र ल्याउनको लागि १९ दिन सम्म देश ठप्प पारे जस्तै गरी निस्कर्ष नआउन्जेल सम्म देशै ठप्प पारौ अनि निस्कर्ष निस्कन्छ । यो मेरो निजि बिचार हो कृपया राय सुझाब पाउ भनी संरक्षण समितिका कोहलपुरका संयोजक राजेन्द्र श्रेष्ठले आम व्यवसायीहरुसँग राय सुझावको माग गरेका छन् ।