शुद्ध पिउने पानी घर घरमा पुर्‍याउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडी बढेको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले पछिल्लो समयमा हरेक स्थानिय तहमा प्रत्येक्ष सहाभागीता जनाई खानेपानी तथा सरसफाई सम्वन्धी क्रियाकलापहरु पनी संचालन गर्दै आएको छ । बाँके जिल्लामा शुद्ध पिउने पानीको लागि स्थानिय तहमा निर्माण भएका पूर्वाधारका योजनाहरु कार्य तिव्र गतीमा अगाडी बढेका छन् भने निर्माण भएका खानेपानी योजनाहरु मर्मत सम्भार गर्ने र खानेपानी योजना नभएका ठाँउहरुमा माग गर्ने काम खानेपानी उपभोक्ता महासंघले गरिरहेको छ भने उक्त खानेपानीको समस्या समधानका लागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेले आर्थिक लगानी गरेको छ । न्युज नमस्ते राउन्ड टेवलमा हामीले खानेपानी उपभोक्ता महासंघ बाँकेका अध्यक्ष भद्र बहादुर देवकोटा संग गरिरहेको कुराकानी संक्षिप्तमा ……….
१. तपाईको परिचय ?
नमस्कार म भद्र प्रसाद देवकोटा । खजुरा गाँउपालिका वडा नं २ मा मेरो स्थायी बसोबास रहेको छ । हाल म खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेको अध्यक्ष पदमा रहेर काम गरिरहेको छु ।
२.बाँकेमा शुद्ध खानेपानीको अवस्था कस्तो छ ?
प्रश्नका लागि धन्यवाद बाँके जिल्लामा खानेपानीको बिस्तारै सुधार हुँदै आइरहेको छ । विगत २०३० साल अगाडी हामीले नै कूवाको पानी , नालाको पानी, ताल तलैयाको पानी पीउने गर्दथ्यौँ । बिस्तारै नल्काको विकास भए संगै धाराको पानी पिउन थालियो धाराहरु पनी गहिराईमा गाड्ने , धाराको वरिपरी सफा राख्ने, खाल्डाखुल्डी पुर्ने र धारादेखि ४०,५० फिट दुरीमा शौचालयहरु बनाउने गर्दा पानीमा पहिलेको भन्दा शुद्धता बढ्दै गर्‍यो । धाराको पानी जति सुधार गरे पनी स्वच्छ पानी नहुने हुँदा नेपाल सरकारले जनतालाई सन २०३० सम्म सबै नेपालीहरुलाई स्वच्छ पानी खुवाउने उदेश्यले खानेपानी आयोजनाहरु शुरु गरिएको छ । डिप टयुवेलबाट पानी तानी टंकीमा स्टोर गरेर पानीलाई शुद्धिकरण गरेर उपभोक्ताहरुलाई स्वच्छ पानी उपलव्ध गराउने लक्ष्य नेपाल सरकारको हो । हाल स्वच्छ पानी पीउने शुरुवात मात्र भएको छ । हाल हामीले पीउने गरेको धाराहरुमा कतै कतै आरसेनिकको समस्या छ । कतै आइरनको समस्या छ भने धारा व्यवस्थित नभएका ठाँउमा कतै कतै कोलिफमको पनि समस्या रहेको अवस्था छ ।
अहिले पनी हामी शुद्ध पिउने पानी अधिकाश नागरिकहरुको घरघरमा पुगोस भन्ने हाम्रो लक्ष्य हो तर बिडम्पना विविध कारणबस शुद्ध खानेपानी पुग्न सकेको छैन । यस विषयमा हामी निरन्तर लागी परेका छौँ ।

३. बाँके जिल्लामा हाल कति वटा खानेपानी संस्थाहरु रहेका छन् ?
बाँके जिल्लामा हाल सम्म करिब ७८ वटा खानेपानी आयोजना हरु छन् भने सो आयोजना संचालन गर्नका लागि करिब ७० वटा खानेपानी उपभोक्ता संस्थाहरु रहेका छन् ।

४. शुद्ध पिउने पानी संगै सरसफाईको अभियानलाई पनि अगाडी सार्नुभएको छ कतिको सफल हुनुहुन्छ ?
बाँके जिल्लामा शुद्ध खानेपानी संगै सरसफाईको अभियानलाई पनि अगाडी सार्दै आएका छौँ । किनभने पानी र सरसफाईको ठूलो सम्वन्ध रहेको छ । पानी नभए सरसफाई हुनै सक्दैन भने सरसफाई नभएको पानी पनि स्वच्छ हुँदैन दुबै एक आपसमा सम्वन्धीत रहेकोले दुबैलाई हामी संगै लिएर अगाडी गएका छौँ यसले गर्दा हामी सफल भएको महशुस गरेका छौँ ।

५. स्थानिय तहसंगको सम्वन्ध कस्तो रहेको छ ?
खानेपानी तथा सरसफाई उपझोक्ता महासंघ बाँकेको त्रियाकलापका कारण स्थानिय तहसंग राम्रो सम्वन्ध रहेको छ । हामीले स्थानिय तहमा रहेका जनप्रतिनिधीहरुको साथ सर्मथन पाएकै छौँ ।
६. खानेपानी तथा सरसफाई महासंघ बाँकेले हाल सम्म गरेका कामहरु के हुन ?
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेको जिल्ला अधिवेशनबाट २०७६ पौष २१ गतेबाट हामीले पाएको जिम्मेवारीमा विभिन्न कामहरु गरेका छौँ । जसमध्ये ७ वटा पालिकामा पालिका स्तरीय महासंघ गठन भएको छ । ४ वटा पालिकामा महासंघको प्रथम अधिवेशन सम्पन्न भएको छ । राप्तीसोनारी गाँउपालिका अर्न्तगतका खानेपानी संस्थानमा आवद्ध सरोकारवाला व्यक्तिहरुसंग खानेपानी सम्वन्धी समस्या तथा समधानका उपायका लागि छलफल र समधानका लागि विकल्पको बाटो तय गरेका थियौँ । विश्व पानी दिवसको अवसरमा शुद्ध खानेपानीका लागी जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएका छन् । ८० वटा खानेपानीका नमूना संकलन गरी परिक्षण गर्न सफल भएका छौँ । ४ वटा स्थानिय तहमा खानेपानी उपभोक्ता समितीलाई खानेपानी सम्वन्धी प्रशिक्षण तालिम संचालन गरेका थियौँ ।
७. अहिले पनि कतिपय ठाँउका मानिसहरु अशुद्ध पिउने पानी पिउन बाध्य छन् त्यस्तो अवस्थामा बैकल्पीक बिधी के हो ?
तपाईले सोध्नुभएको प्रश्नमा मेरो सर्मथन छ । अहिले कतिपय स्थानहरुमा उपभोक्ताहरु असुद्ध पानी पिउन बाध्य छन् । त्यसका लागि विभिन्न बैकल्पिक प्रविधी पनी प्रयोग गर्न सकिने छ । खानेपानी धारा कम्तीमा पनी ६५ फिट देखि माथी गाड्ने, धाराको वरिपरी सफा राख्ने, खाल्डाखुल्डी पुर्ने, धाराको फर्स राम्रो बनाउने र सफा राख्ने । पानी शुद्धिकरण गरेर पिउने । सेतो बोतलमा पानी राखी घाममा तताउने र पानी तताएर खाने, पानी राखेको भाँडा ढाकेर राख्ने, फिल्टरमा राखेको पानी पीउने । पीउस भन्ने औषधी प्रयोग गरेर पानी सुद्धिकरण गर्ने विधी प्रयोग गर्न सकिन्छ ।
८. स्थानिय तहमा निर्माण भएका खानेपानी संस्थाहरु जिर्ण भइरहेका जनगुनासो सुन्नमा आएको छ त्यस विषयमा महासंघको धारणा के हो ?
स्थानिय तहमा निर्माण भएका खानेपानी आयोजनाहरुसंचालन गर्न अली कठीन भएको अवस्था छ । उपभोक्ताहरुलाई हामीले स्वच्छ खानेपानीका बारेमा बुझाउन नसक्दा हामीसंग धाराहरु हुँदाहुँदै किन खानेपानी टंकीको पानी पीउने भन्ने सोच र छुट्टै किन पैसा तिर्ने भन्ने उपभोक्ताहरुमा छ । यसका लागी स्वच्छ पानीको बारेमा हामीले जानकारी गराउन जरुरी छ । अर्को कुरा विकासी कार्यालयहरु बीच समन्वयको कर्मीले गर्दा एउटा कार्यालयले संरचना बनाउने , अर्कोले बिग्राने काम भएको छ । कतिपय ठाँउमा खानेपानीका पाइप गाडेको ठाँउमा सडक बनाउँदा काटिएका छन् , फालिएका छन् जसको कारण खानेपानी संचालन गर्नमा केही कठिन छ । संरचना निर्माण भइसकेर पनि पानी संचालनमा ढिलाई हुँदा संरचनाहरु जिर्ण हुन्छन की भन्ने उपभोक्ताहरुमा लागेको छ ।
९. तपाईहरुको कार्यक्रम किन बस्ती बस्तीमा पुगेन भन्ने गुनासो पनी आएको छ नी ?
हाम्रो टिमले जिम्मेवारी पाए संगै हामीले पालिकाहरुमा हाम्रो अभियान लगेका छौँ संस्थाहरु सम्म पुगेर उपभोक्ताहरुका प्रतिनिधीहरुका प्रतिनिधीहरु संग बैठक गरी समस्या पहिचान गर्ने काम गरेका छौँ । तै पनी कोभिड १९ का कारण जति काम गर्नुपर्ने थियो त्यो त्यती हुन सकिरहेको छैन ।

१०. करिब १ हप्ता तपाईहरुले चलाएको शुद्ध खानेपानी तथा पूर्ण सरसफाईको अभियान चलाउनु भयो बस्तीस्तरको अवस्था कस्तो पाउनुभयो ?
हामीले यस बिचमा सम्शेरगंज , चिसापानी ,हवलदारपुर र राझाँमा गरी ४ स्थानमा पूर्ण सरसफाई जनचेतना अभिवृद्धि अभिमुखिकरण तालिम चलायौँ ,टोल सरसफाई कार्यक्रम चलायौँ , यतिले मात्र पुग्दैन । यस्ता कार्यक्रमहरु टोल टोल बस्तीबस्ती सम्म पुर्‍याउनु पर्छ भन्ने हामीलाई महशुस भएको छ आगामी दिनमा बस्ती स्तरसम्म हाम्रो कार्यक्रम
पुग्नेछन् ।
अन्तमा तपाईको केही छ भन्नु ?
विशेषगरी बाँके जिल्लाको शुद्ध खानेपानी पीउनुपर्छ भन्ने अभियानमा लागेका हामी खानेपानी उपभोक्ता महासंघका बिचारहरु, समस्याहरु राख्ने अवसर दिनुभयो त्यसका लागी तपाई मिडिया परिवार र तपाईलाई विशेष धन्यवाद दिन चाहान्छौँ । शुद्ध पानी पीउने बानीको विकास गरौँ , भोलीका दिनमा पानीका कारण विभिन्न रोगले ग्रसित हुन नपरोस । समयमै आफ्नो अमुल्य जीवन शुद्ध पानी पिएर बाचौँ ।