जनार्दन शर्माले गरे पिएसओ फिर्ता

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो पिएसओ फिर्ता गरेका छन । सरकारले उनका लागि उपलब्ध गराएको सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई उनले फिर्ता गरेका हुन ।
पछिल्लो समय अनावश्यक सुरक्षाकर्मी राखिएको भन्ने विषयमा यत्रतत्र आलोचना भएपछि सरकारबाट प्राप्त सुरक्षाकर्मीहरु फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन प्रभावकारी बनाउन सुरक्षाकर्मीको अभाव भएका कारण सुरक्षाकर्मीहरु फर्काउने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्