काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा रहेका नेपालीहरुको हित र सुरक्षाको बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

खरीबोट

 

 

राप्रपा अध्यक्ष एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस क्षेत्रमा रहेका नेपालीहरुको हित र सुरक्षाको बारेमा अहिले देखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकमा पछिल्लो अन्तर्राष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समिक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाको बिषयमा छलफल गरिएको राप्रपा अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका सदस्य सचिव प्रा.डा. गीताभक्त जोशीले जानकारी दिएका छन् ।