काठमाडौं । अब सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाउने भएको छ ।

सोमबार आयोजित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हिजो उठेका मागहरुका विषय सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको बताए । सीमा क्षेत्रमा हाल २२ हजार ६ सय १६ सुरक्षाकर्मी परिचालन भएका छन् । लामो समयदेखि नेपाल र भारतको सीमामा भएको विवादपछि अन्तत भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरी अब सीमामा खटिने भएका हुन् ।