पुल नजिकै अचेत भेटिएका एकको मृत्यु

कैलाली । मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोस अवस्थामा भेटिएका एक जना सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरवजंग पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनाका कारण खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्