वैशाख १७ २०८३, बिहीबार
283135891_1780574442112830_7472321566413917668_n-png
News Namastee
nn-logo-png
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका
News Namastee
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तर्वार्ता
  • खेल
  • प्रविधि
    • बिज्ञान
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • विचार
  • अन्य
    • स्वास्थ्य
    • लोकप्रिय
    • धर्म
    • पत्रपत्रिका

आलेख : डाक्टर बन्न काठमाडौँ छिरेका अधिकारी जेठो बैंकको मुटु छाम्दै

ktmlabs
ktmlabs
फागुन २७ गते, २०७६ १६:४७ मा प्रकाशित
royal-sst-1-png

काठमाडौं/रमेश लम्साल । सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उत्र्तीण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए । तर जसलाई क्याम्पस भर्ना गरिदिन भनेका थिए, उनले गरिदिएनन् । सात दिन बायोलोजी पढे पनि डाक्टर बन्ने सपनाको त्यस वर्ष पूर्णविराम लाग्यो ।

“सपनाको खुड्किलो उक्लिने आधार नबनेपछि कमर्स पढ्न म पिपल्स क्याम्पस हान्निएँ । नियतिले नै पर हुत्यादिएजस्तो लाग्यो । अब मेरा लागि अर्को एउटा सपना थियो जुन विपनामै साकार भएर आएको रहेछ । शङ्करदेवबाट विकम ९वाणिज्यशास्त्रमा स्नातक० उत्तीर्ण गरेपछि गाउँकै सेवामा फर्किएँ ।”

नेपाल बैंकको प्रधान कार्यालय भूगोलपार्कको चौथो तलामा रासससँग आफ्नो जीवन, अध्ययन तथा ‘करियर’का बारेमा खुलेर प्रस्तुत हुनुभयो, कृष्ण अधिकारी । कुनै समय पार नै लगाउन नसकिने गरी अनगिन्ती समस्यामा जेलिएको नेपाल बैंक कसरी चक्रव्यूहबाट बाहिर निस्क्यो र अहिले अरू वाणिज्य बैंकजस्तै सफल बैंकका रुपमा स्थापित हुँदै गएको छ भन्ने कुरोको चुरो हामीलाई खोल्नुभयो । एमबिए उत्तीर्ण अधिकारीले १५ वर्ष पुग्यो नेपाल बैंकका सेवा गरेको ।

डाक्टर बन्न काठमाडौँको खाल्डोमा पस्नुभएका अधिकारीलाई बैंकर बनाउने अवसर लिएर आयो २०६१ साल । बैंकमा रोजगारीको अवसर खुलेको रहेछ । छैटाँै तहमा । परीक्षा दिऊँ, मान्छेहरुले त नेपाल बैंकमा भनसुन पनि चल्छ भन्थे, तर मेरो हकमा भनिदिने त कोही थिएन तर ढुङ्गाको काप फोरेर पीपल उम्रिएझैँ उहाँ उत्तीर्ण हुनुभयो । बैंक प्रवेशको समय सम्झँदै अधिकारीले भन्नुभयो, “बैंकको काठमाडौँ बैंकिङ कार्यालयमा म छैटौँ तहमा प्रवेश गरेँ । त्यहाँ टे«ड फाइनान्स डिपार्टमेन्टमा म ग्यारेन्टी हेर्थें ।”

करिब ६ वर्ष सोही विभागका काम गर्नुभयो अधिकारीले । आन्तरिक प्रतिस्पर्धाबाट सातौँ तहमा पुग्न पनि कुनै समस्या भएन तर सातौँ र नवौँ तहको परीक्षा करिब सँगसँगै भएकाले अधिकारीले छैटाँै तहबाट एकैपटक जसो नवौँ तहमा पुग्नुभयो ।

नवौँ तहमा पुगेपछि वीरगञ्ज जस्तो औद्योगिक करिडोरमा रहेको बैंकको वीरगञ्ज सिटी अफिसको ब्रान्च मेनेजरका रुपमा काम गर्ने अवसर पाएको सगौरव बताउनुहुन्छ अधिकारी । पुनः काठमाडौँ बैंकिङ असफिमा टे«जरी, क्रेडिट हँुदै पुनः शुरुको कार्यालयको प्रमुख भएर बैंकिङ क्षेत्रमा घनघस्याको उकालो चढ्नुभएका अधिकारी एसिओ, डिसिओ गरी १४ वर्ष १० महिना नियमित कर्मचारीका रुपमा नेपाल बैंकको सेवा गर्नुभयो । कायममुकाय र पूर्णकालीन प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेको एक वर्षमात्रै हुन लाग्यो ।

कुनै समय नराम्ररी समस्यामा फसेको सरकारी लगानीको बैंकलाई नयाँ गति दिने र अरू वाणिज्य बैंकभन्दा सबल र सक्षम बनाउने ध्येय राखेको र सोही अनुसारको गतिविधिसमेत अगाडि बढाएको बताउनुहुने अधिकारी भन्नुहुन्छ, “सफल बन्ने हो भने लोभ नगरौँ, मेहनत गरौँ, एक दिन सफलताको मीठो स्वाद चाख्न पाइन्छ ।”

सरकारले खोलौँ बैंक खाता अभियान शुरु गरेको करिब एक वर्ष हुन लाग्यो । अरू बैंकले भन्दा यस बैंकले केही नयाँ दिमाग लगायो । स्थानीय तह र जनप्रतिनिधिसँग मिलेर अभियान चलायो । शुक्रबार र शनिबार विशेषगरी बिदाको समयमा स्थानीय तहले नै संयोजन गरेर मानिस भेला गर्न थालियो । खाता खोल्न भनेर प्रत्यक्ष भनिएन तर वित्तीय साक्षरता बढाउने प्रयास गरियो । स्थानीय जनप्रतिनिधि पनि खुशी भए । हाम्रै लागि बैंक आयो भन्ने ठाने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको राष्ट्रिय सभागृहबाट अभियान शुरु गर्नुभएको भोलिपल्टदेखि नै नेपाल बैंकले त्यस्तै अभियान चलायो । नयाँ वर्षको अवसर पारेर २०७६ साल वैशाख १ गतेदेखि सो अभियान शुरु भएको हो । प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्नुहुन्छ, “अरूहरुले भन्दा हामीले नयाँ तरिकाले स्थानीय तहमा जाँदा त्यसले दिएको खुशी शब्दमा नै व्यक्त गर्न नसकिने खालको छ ।” भन्नुहुन्छ, “हामीले शाखा कार्यालयहरुलाई भन्याँै, शुरुमै खाता खोल्नुस् भन्दै नजानुस्, वित्तीय साक्षरताका कार्यक्रम बनाउनुस्, बैंकले कस्तो सुविधा दिन्छ, खाता खोल्दाको फाइदा के हुन्छ भनेर बुझाउनु, स्थानीय नागरिक आफैँ खाता खोल्न तयार भइहाल्छन् ।”

सोही अभियान चलाएपछि मात्रै ५५ देखि ६० हजार नयाँ खाता खुलेका छन् । करिब रु ५० करोडको हाराहारीमा निक्षेप जम्मा भएको छ । सफल कार्यक्रमका रुपमा देखिएको छ । राज्यले पनि बैंक खातालाई एक खालको अनिवार्य जस्तै गरेको छ । सरकारी सुविधा खातामार्फत जाने भएकाले पनि सहज भएको छ । दूरदराजमा बैंकिङ पुगेको छ । नेपाल राष्ट्र बैंककै तथ्याङ्कअनुसार ६१ प्रतिशत क्षेत्रमा बैंकको सेवा पुगेको छ । त्यसमा सहकारीको हिस्सा जोडिएको छैन ।

सबै नेपालीको बैंक खाता हुनैपर्छ । देशको जनसङ्ख्या तीन करोडको हाराहारीमा पुगेका छ । त्यसमा खाता खोल्नयोग्य व्यक्ति कति हुन् भन्ने बारेमा स्पष्ट पहिचान गर्नु जरुरी छ । अभियान नियमितरुपमा नै चलाउनुपर्छ । त्यसले नागरिक र बैंकबीचको सम्बन्ध स्थापित हुँदै जान्छ । त्यसले पनि बैंकको क्षेत्र थप विस्तार हुँदै जान्छ ।

सशस्त्र द्वन्द्वअघि नेपाल बैंक देशभर नै पुगेको थियो । शाखा सङ्ख्यामात्र २१४ थिए । त्यो घट्दै ९६ मा सीमित भयो । शान्ति प्रक्रियापछि शाखा सङ्ख्या बढ्दै पुनः हाल १७७ मा पुगेको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनका अवसर पारेर सक्रान्ति बजारमा शाखा पुनस्र्थापना गरिएको छ । पहिलेकै अवस्थामा पुग्न अझै ३७ शाखा विस्तार गर्न बाँकी छ ।

अधिकारीले भन्नुभयो, “चालू आवको अन्त्यसम्म २०० शाखा पु¥याउने योजना छ । सम्भाव्यता भएका सबै क्षेत्रमा हामी पुग्छौँ । हामी सरकारी बैंक भएकाले पनि नागरिकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने हाम्रो दायित्व हो ।” विगतमा केही व्यवसाय नभएर पनि शाखा विस्थापित भए, केही असुरक्षाका कारणले पनि हटे । नयाँ योजना सुनाउँदा अधिकारीले सुनाउनुभयो, “यस वर्ष हामी प्रदेश नं १ को रविबजार, वसन्तपुरमा नयाँ शाखा खोल्छौँ । काठमाडौँमा भाटभटेनी, नयाँ बजार, इमाडोल, बूढानीलकण्ठलगायत छ स्थानमा नयाँ शाखा खोल्दैछौँ । गाउँ, शहर दुवै हाम्रो प्राथमिकतामा छ ।”

आफूलाई निजी भन्ने बैंकहरुसमेत जान नमान्ने स्थानमा समेत शाखा विस्तार गर्ने बैंकको योजना छ । नेपाल सरकार र आम नागरिकको संयुक्त लगानीको बैंक हो नेपाल बैंक । व्यवसायिकतासँगै सेवालाई पनि प्राथमिकतामा राखेको छ । बैंकमा नेपाल सरकारको ५१ र आम नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कारोवार अपेक्षित रुपमा कम भए पनि दायित्व सम्झेर ती स्थानमा जाने र सोही अनुसार प्रादेशिक कार्यालयलाई समेत निर्देशन गरिएको छ भन्नुहुन्छ अधिकारी । “हामीले शाखा कार्यालयलाई भनेका छौँ, बैंकिङ सेवाबाट वञ्चित भएका ठाउँहरु खोज्नुस् । अब यसको मतलब निरन्तर घाटा सहने भन्ने त होइन । हामीमा पनि व्यावसायिकता आउनैपर्छ”, अधिकारीले भन्नुभयो, “हाम्रा पनि सीमा छन् । शेयरधनी छन् । राज्यले पनि प्रतिफल खोज्छ, सेवा र व्यवसाय हाम्रा दुई प्रमुख क्षेत्र नै हुन् । व्यावसायिक सम्भाव्यता छ भने जान्छौँ ।”

बैंक वित्तीय संस्था पैसा हुनेका लागिमात्र भए र हुने गरेका छन् भन्ने गुनासो छ । सामान्यतयाः त अवस्था पनि त्यस्तै देखिन्छ । बैंक त पैसा हुनेका लागि मात्रै भए भन्ने आम गुनासो छ । सर्वसाधारण नेपालीलाई बैंक हुनु र नहुनाको कुनै अर्थ छैन, भुक्तभोगी यसै भन्छन् । हाम्रो जिज्ञासा अधिकारीसँग पनि यस्तै थियो । उहाँले कुनै समय नै नदिई भन्नुभयो, “हाम्रो हकमा त्यो लागू हुँदैन । हामीले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जालाई विशेष प्राथमिकतामा राखेका छौँ । हामी पहिलो बैंक भएकाले हाम्रो योगदान अरूको भन्दा फरक हुन्छ नै ।”

नेपालको औद्योगिक घरानाका लागि नेपाल बैंक ‘मदर’ बैंक हो । ५० देखि ६० को दशकमा बैंकलाई राजनीतिक चक्रव्यूहले गाज्यो । अनधिकृत रुपमा ऋण दिइयो । केही राजनीतिक नेतृत्व तथा उच्च पदस्थको योजनामा बैंकको निक्षेपमाथि खेलबाड भयो । जसका कारण बैंक आर्थिकरुपमा समस्यामा प¥यो । प्राकृतिक नियम नै हो, काला रातहरु छिचोलेर सुन्दर बिहान जन्मिन्छ । यस्तै कालो जुग बिताएर नेपाल बैंक यतिखेर सबल बैंकका रुपमा स्थापित भएको छ । गत वर्षको नाफाबाट बैंकले शेयरधनीलाई २३ वर्षपछि प्रतिफलसमेत दिएको छ ।
विगतमा बैंकसँग सम्बन्ध विच्छेद गरेकाहरु समेत क्रमशः जोडिन थालेका छन् । सर्वसाधारणहरु पनि सानो विपन्न वर्ग कर्जामार्फत लाभ लिन थालेका छन् । नेपाल सरकारको योजना र केन्द्रीय बैंकको निर्देशनलाई पूर्णरुपमा परिपालना गरिएको छ । कृषि, पर्यटन, ऊर्जा क्षेत्र प्रमुख प्राथमिकतामा छ ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा २० हजार ५६२ ले सहुलियत कर्जा लिएका छन् । त्यसमा नेपाल बैंकको हिस्सा एक हजार ३८२ रहेको छ । महिलालाई उद्यमशील बनाउने योजनाप्रमुख प्राथमिकतामा छ । दलित समुदायका लागिसमेत बैंकले सहज रुपमा ऋण दिएको छ । कृषि क्षेत्रको आधुनिकीकरणका लागि बैंकले ध्यान दिएको छ ।

कुनै समय नेपाल बैंकमा कारोवार गर्न नै समस्या जस्तो लाग्थ्यो । कर्मचारी कुनै अर्कै संसारबाट झरेका जस्ता छन् भन्ने गुनासो हुन्थ्यो सेवाग्राहीको तर पुराना ढड्डा पल्टाउने जमानाको बैंकलाई अहिले धेरै आधुनिकीकरण गरिएको छ । अरू निजी क्षेत्रका बैंकभन्दा कुनै अर्थमा कमजोर छैन भन्नुहुन्छ प्रमुख कार्यकारी अधिकृत अधिकारी । “अधिकांश सरकारी निकायका काममा ढिलासुस्ती हुन्छ, उनीहरु ग्राहकमैत्री हुँदैनन् भन्ने सोचलाई हामीले पूर्णरुपमा बदलेका छौँ । “दश वर्षपहिले त्यस्ता सोच राख्नेहरु थिए होलान्”, अधिकारीले भन्नुभयो, “यो बैंकको सबैभन्दा बुढो कर्मचारी अब म मात्रै हो । एकाध बाँकी होलान् । युवा, केही नयाँ गरौँ भन्ने सोच भएका कर्मचारी भर्ना गरेका छौँ जसका कारण नेपाल बैंकलाई अरू व्यावसायिक बैंकभन्दा अब्बल बनाउन सकेका छौँ ।”

कुनै समय टोकन लिएर बजार घुमेर आउँदा पनि पालो नआउने अवस्था थियो । ग्राहकलाई बैंकिङ कारोवार गर्न गाह्रो थियो । गुनासोका चाङ हुन्थे । सेवाग्राहीका असन्तुष्टिको पहाड हुन्थ्यो । यो विगतको कुरा हो, अधिकारी यसै भन्नुहुन्छ, “आज यस्तो अवस्था कहीँकतै छैन, भए पनि त्यसलाई सुधार गरेर जान अधिकतम प्रयास गरेका छाँै ।” एमबिए स्कलर अधिकारी भन्नुहुन्छ, “पछिल्लो दिनमा वातावरण पूर्णरुपमा परिवर्तन भइसकेको छ । कारोवार गरेर हेर्दा हुन्छ । मेरो आग्रह यही छ ।”

बैंकमा युवा जनशक्ति भएकाले आन्तरिकरुपमा पनि प्रतिस्पर्धा छ, कसले राम्रो गर्ने भनेर । सेवा क्षेत्र हो बैंक । उपभोक्तालाई कसरी खुशी बनाउने भन्नेतर्फ नै हाम्रो ध्यान छ । सबैको इच्छा त पूरा नहोला तर सकेसम्म गर्ने प्रयासमा नै छाँै, हुने कामलाई सहजै गर्छौं, नहुने भए, यसकारण हुँदैन भनेर सम्झाएर पठाउँछाँै । पछिल्ला दिनमा आएका ग्राहकको धारणा बदलिएको छ । उनीहरु भन्छन्, “बैंक परिवर्तन भएछ हामी त पुरानै नजरले हेरिरहेका थियौँ । बैंकको पछिल्ला सेवा हेर्दा अरू बैंक पुराना भएकी भन्ने अवस्था आएको छ । विगतमा बैंकसँग कारोवारको दिगो सम्बन्ध जोडेकाहरु समेतले बीचमा छाडे तर अहिले फर्केर आएका छन् । “आमा जति नै नराम्री भए पनि आमा आमा नै हुन्”, अधिकारी बैंकलाई पनि आमासँग तुलना गर्नुहुन्छ र भन्नुहुन्छ “नेपालको व्यावसायिक र बैंकिङ क्षेत्रका लागि त नेपाल बैंक आमा नै हो ।”

किन नेपाल बैंक

देशमा धेरै बैंक तथा वित्तीय संस्था छन् । यहाँ हाल २७ वटा त वाणिज्य बैंक नै छन् । नेपाल बैंक किन आउने ग्राहक रु हाम्रो प्रश्न थियो ।

“नेपाल बैंकसँग कारोवार गर्नु भनेको नेपालको पहिलो बैंकसँग सम्बन्धित छु भन्ने गर्वको महसुस हुन्छ । नेपाल देशसँगको नाम जोडिएको बैंकसँग सम्बद्ध छु भन्ने अनुभव गर्नु पनि हो, यहाँ जुन काम हुन्छ स्वच्छ हुन्छ, पारदर्शी हुन्छ । प्रणालीअनुसार काम हुन्छ भन्न पाउने गरी ग्राहकमैत्री वातावरण पनि हामीले बनाएका छौँ ।”

कुनै कालखण्डमा आर्थिक अवस्था कमजोर भएर, खराब अवस्थामा पुगेर पुनः रिभाइभ भएको नमीठो इतिहास पनि छ बैंकको । दुःखका शरदकालीन रातहरु मात्रै होइन, वसन्तका न्यायो घाम पनि देखेको छ बैंकले । निजी क्षेत्रका बैंकहरुले स्प्रेड दर कसिरहेको बेला नेपाल बैंकको ४।५ प्रतिशत मात्रै रहेको छ । यो अन्य बैंकको तुलनामा असाध्यै कम हो । अरू बैंकले जस्तै स्प्रेड ५।५ वा सोभन्दा बढी बनाएको भए नाफा रु एक अर्बमाथि सोझै हुन्थ्यो तर आफूहरुले नाफा मात्रै नहेरेको अधिकारी दाबी गर्नुहुन्छ ।

निक्षेपकर्तालाई पनि बैंकले राम्रै व्याज दिएको छ । बचत खातामा ६ प्रतिशत व्याज पाउने ग्राहकले मुद्धतिमा ९।७५ प्रतिशतसम्म व्याज पाउँछन् । कर्जाको ग्राहक भए न्यूनतम व्याजमा पाएका छन् । “हामी नेपाल सरकारप्रति उत्तरदायी छौँ, सर्वसाधारणप्रति हाम्रो जिम्मेवारी छ । तत्कालका लागि होइन, हामीले दीर्घकाललाई हेरेका छौँ”, अधिकारी बैंकको रणनीति सुनाउँदै भन्नुहुन्छ, “आम मानिसले सहज र सरल ठान्ने सेवा दिएका कारण पनि ग्राहक नेपाल बैंकमा आउनुहुन्छ । मेरो पूर्ण विश्वास छ ।” बैंकले कमाएको कूल नाफामध्ये ५१ प्रतिशत राज्यलाई जान्छ, ४९ प्रतिशत सर्वसाधारणलाई जान्छ । राज्यलाई दिएको त घुमीफिरी सर्वसाधारणमा नै आउँछ । विलाशिताका लागि सवारीसाधन खरिद गर्नुप¥यो भने सहजै ऋण दिने बैंक तथा वित्तीय संस्था उत्पादनमूलक क्षेत्रमा लगानी गर्न मान्दैनन्, किन होला रु उहाँको जवाफ छ, “नेपाल बैंकमा यो कुरा लागू हुँदैन । हामीले सवारीसाधन कर्जालाई कडाइ गरेका छौँ । कुनै पोर्टफोलियोमा कम र बढी त हुन्छ नै तर उत्पादकत्व बढाउने क्षेत्रमा नै हामी बढी केन्द्रित छौँ ।”

उत्पादनमकूलक काम हो भने कर्जा दिने, तर घर जग्गा राखेर, विलाशिताका लागि मात्रै हो भने त्यसमा तयार नहुने रणनीतिमा छ बैंक । अधिकारीको प्रस्ट भनाइ छ “त्यसलाई ‘डिस्करेज’ नै गर्ने हो ।”
बैंकको प्रमुख प्राथमिकता कृषि, पर्यटन, जलविद्युत् र साना तथा मझौला कर्जा हुन् । अरू बैंकले जस्तो होडबाजीमा विलाशिताका वस्तुमा हुने लगानीलाई प्रोत्साहित नगर्ने नीति छ यो बैंकको । “हामी बरु नेपालभरिकै सानो हुन चाहन्छाँै तर आफ्नो लक्ष्यमा प्रतिबद्ध छौँ । हामीले राम्रो गर्दागर्दै पनि अरूले झन् राम्रो गरे भने त्यो त झन् राम्रै भयो नि”, आफ्नो परिवारकै पहिलो बैंकर रहनुभएका अधिकारीले भन्नुभयो, “लक्ष्य त आफूले न तय गर्ने हो, अन्धनक्कल गरेर होडबाजी गर्ने योजनामा बैंक छैन ।”

प्राथमिकताका क्षेत्रमा केन्द्रीय बैंकले तोकेकोभन्दा बढी लगानी गरेको छ बैंकले । कृषि, पर्यटनमा त १७ प्रतिशतको लगानी छ । जबकि राष्ट्र बैंकले १५ प्रतिशत मात्र लगानी गर भनेको छ । ऊर्जामा पनि उत्तिकै लगानी छ ।

पैँतीस सालतिरकै ऋण उठाउन बाँकी छ

बैंकका लागि ५० देखि ६० को दशक असाध्यै दुःखद रह्यो । त्यसलाई कालो इतिहासका रुपमा अथ्र्याउँछन् धेरैले । व्यवस्थापनको अदूरदर्शिता, लोभलालच वा दबाब जस्ता कारण भए पनि बैंक समस्यमा परेको थियो । त्यतिबेला डुबेको ऋण उठाउन एगे्रसिभ भएर लागेको छ बैंक । अधिकारीको भनाइ छ, “त्यतिखेरको लगानी हामीले रिकभर गरिसकेको छौँ । केही लगानी अझै बाँकी छ उठाउन ।”

कुनै बेला ६० प्रतिशत एनपिए बुक गरेको बैंकको अहिले २।६६ प्रतिशतमात्र छ । धेरै व्यवस्थापन भएको छ । अझै केही त बाँकी नै छ । कुनै ‘रिभाइभ’ गरिएको छ भने केहीलाई ‘रिकभरी’मा पनि लगिएको छ ।

मजदूरको अनावश्यक मागका कारण बन्द भएको पोखराको फूलबारी रिसोर्टलाई समय दिएर रिभाइभको अवस्थामा लगिएको छ । नयाँ वर्षका अवसरमा सो रिसोर्ट पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बैंकले केही समय पहिले स्थापनाको ८३ वर्ष मनायो । “२०३५ सालतिर दिएका केही ऋण भने उठाउन बाँकी नै छ । केही ऋणी छन्, त्यसलाई छिमल्न लागिपरेका छाँै, अधिकारीको विश्वास छ । त्यसमा पनि हामी लागिपरेकै छौँ ।

शेयरधनीले बैंकबाट प्रतिफल पाउन पनि लामो समय कुर्नुप¥यो । २३ वर्षपछि बैंकले २५ प्रतिशत लाभांश दियो । “नेपाल बैंक भएर धैर्यता राख्नुभएको हो । बैंकले दिन त सकेको छैन तर यसको सम्पत्ति त यत्ति छ नि भन्ने थाहा पाएर नै उहाँहरु चुप लाग्नुभएको हो । उहाँहरुप्रति हामी अनुग्रहित छौँ” अधिकारी शेयरधनीलाई सम्मान गर्दै भन्नुहुन्छ, “हामी ग्राहकको विश्वास बढाउउँछौ, टुटाउँदैनौँ ।”

व्यवसाय विस्तारमा बैंक लागेको छ । शेयरधनीलाई एकैनासको लाभांश दिनुपर्छ भन्ने मान्यता राखिएको छ । “हाम्रा शेयरधनीलाई अहिलेको जति नै दिन सक्यो भने कामले सार्थकता पाउँछ,” अधिकारीले संवादलाई बिट मार्दै भन्नुभयो, “दीर्घकालीन लक्ष्यका साथ काम गरेका छौँ । सोच राम्रो राखौँ, इमान्दार बनाँै, सफलता एक दिन हासिल भई नै हाल्छ ।”

यस्तो छ पछिल्लो ६ महिनाको विवरण

व्यापार विस्तारमा आक्रामक देखिएको बैंकको स्प्रेडकै कारण नाफामा केही सङ्कुचन देखापरेको छ । अघिल्लो वर्षको पुससँग तुलना गर्दा नाफा १८ प्रतिशतले घटेको देखिएको छ । तर पछिल्लो तीन महिनाको मात्र हिसाब गर्ने हो भने नाफा तीन प्रतिशतले बढेको पाइएको छ । बैंकले गत पुससम्म रु एक अर्ब ३५ करोड नाफा गरेको छ । विसं २०७५ को पुस मसान्तसम्म रु एक अर्ब ६६ करोड नाफा गरेको थियो ।

बैंकको निक्षेप रु दुई अर्ब ३२ करोडले बढेर रु एक खर्ब १७ अर्ब पुगेको छ । ऋण विस्तारमा आक्रामक देखिएको बैंकले चालू आवको ६ महिनामा रु ६ अर्ब चार करोड ऋण विस्तार गरेको छ । बैंकले कुल रु ९८ अर्ब ४५ करोड ऋण प्रवाह गरेको छ । बैंकले खराब ऋणको मात्रा २।७४ प्रतिशतबाट घटाएर २।६६ प्रतिशतमा झारेको छ । बैंकले गत पुस २५ गते वार्षिक साधारणसभा सम्पन्न गरी २३ वर्षपछि २५ प्रतिशत लाभांश दिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

थप शीर्षकहरु

प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख

वैशाख २ गते, २०७७

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा अमेरिका-चीनलाई वार्ता गर्न आह्वान

माघ ८ गते, २०७८

राप्रपा नेपालबारे भ्रम हट्दैछ, पार्टी जुरुक्क उठ्छ ,उठाउछौ :- महामन्त्री बर्तौला

असार ९ गते, २०७९

छुटाउनुभयो कि?

  • पुरानै शैली र प्रवृत्ति तोड्ने बजेट ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
  • नापी र मालपोत सेवा अब स्थानीय तहमै, २०७ पालिका इच्छुक
  • रोल्पामा जिप दुर्घटना, २० जनाको घटनास्थलमै मृत्यु (अपडेट)
  • हात्तीको आक्रमणबाट दुई जना घाइते
  • हिमालय पावरको हकप्रद शेयर निष्काशन

Tags

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
News Namastee

Head office:
Dhumbarahi-4, Kathmandu, Nepal
Contact : 9851155102
Lumbini Province Office:
Kohalpur-11, Banke
Contact: 9860097087, 9869357464
Email: [email protected]

सुचना तथा प्रसारण विभाग २७९४/२०७८/०७९

नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • खेल
  • पत्रपत्रिका
  • पर्यटन

सम्पादकीय

अध्यक्ष/ प्रधान सम्पादक : श्रीधर सुवेदी

सम्पादक : नमराज जैसी

हाम्रो बारे

  • हाम्रो बारे

ट्याग

#दुर्घटना अश्लिल भिडियो आगलागी आत्महत्या एमसिसी एम्बुलेन्स ओली कमल थापा काँग्रेस कोरोना कोरोना भाइरस कोरोना संक्रमित जबरजस्ती करणी ट्रम्प डलर तरकारी दुर्घटनाको कारण खुल्यो नेकपा नेपाल भ्रमण वर्ष नेप्से पक्राउ पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल पेट्रोल प्रचण्ड प्रधानमन्त्री बलात्कार बलात्कृत बाँके बाँस्कोटा बैंक मदिरा महरा महरा प्रकरण मास्क मृत्यु रशिफल राजनीति राशिफल लकडाउन विवाह शिवरात्रि सन्दीप लामिछाने सुन सुनको मूल्य ‘निगु पुखुः’
© 2026 News Namastee All Rights Reserved.
Developed By: KTM Labs