वैशाख २४ २०८३, बिहीबार

समाचार

हुम्लामा भारी हिमपात

        हुम्ला, २५ पुसशुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।        हिमपातले [...]

पुष २५ गते, २०७८ ०९:२९ मा प्रकाशित

थप ९४४ मा कोरोना सङ्क्रमण पुष्टि

     काठमाडौँ, २४ पुसदेशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।        यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य [...]

पुष २४ गते, २०७८ १८:१७ मा प्रकाशित

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

        लुम्बिनी, २४ पुस   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताउनुभएको छ । आज लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुग्नुभएका मन्त्री आलेले भगवान् गौतमबुद्धको जन्मस्थल [...]

पुष २४ गते, २०७८ १८:१४ मा प्रकाशित

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन

        देउखुरी, २४ पुस नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मतमा निर्वाचित हुनुभएको छ । एमालेको १३औँ जिल्ला अधिवेशनले अध्यक्षमा बस्नेतसहित १२१ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध निर्वाचित गरेको छ ।         जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मतिमा आगामी तीनवर्षे कार्यकालका लागि पदाधिकारी [...]

पुष २४ गते, २०७८ १८:११ मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

         कास्की, २४ पुस   ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।         नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६ गतेदेखि सञ्चालन हुने सो प्रतियोगिताका लागि गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १८ [...]

पुष २४ गते, २०७८ ०९:०७ मा प्रकाशित

व्यासको गौ संरक्षण केन्द्र अनुसन्धानस्थल बन्दै

       तनहुँ, २४ पुसव्यासनगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धानस्थल बनाइने भएको छ ।         छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरुको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरुप बिगारिदिनेलगायतका समस्या देखिएपछि [...]

पुष २४ गते, २०७८ ०९:०१ मा प्रकाशित

खाँटी कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

       काठमाडौँ, २४ पुससंसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ ।         कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले [...]

पुष २४ गते, २०७८ ०८:५७ मा प्रकाशित

पाकरीखोला जलाशयको सम्भाव्यता अध्ययन गरिने

    वालिङ, २४ पुस स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको पाकरी खोला जलाशयको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) थालिने भएको छ । जिल्लाकै समथर र उर्बरायुक्त स्थान चापाकोटमा विशेष गरी सिँचाइ र निर्मित जलाशयबाट पर्यटनसँग जोड्दै आर्थिक लाभ लिन [...]

पुष २४ गते, २०७८ ०८:५३ मा प्रकाशित

राजमार्ग सञ्चालन

     रसुवा, २४ पुस  सुक्खा पहिराका कारण अवरूद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको राजमार्ग शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुबाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारी साधन निर्वाधरूपले आवतजावत गर्न थालेका छन् । पहिराले क्षति [...]

पुष २४ गते, २०७८ ०८:४९ मा प्रकाशित