वैशाख २४ २०८३, बिहीबार

समाचार

बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

राँझा, २७ पुस बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिनुभयो ।        उहाँका [...]

पुष २७ गते, २०७८ ११:५० मा प्रकाशित

साढे १३ वर्षमा २८९ गैँडा मरे

       रत्ननगर, २७ पुसचितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका गैँडामध्ये धेरै कालगतिले मरेका छन् भने केही गैँडा चोरी शिकारीका कारण, केही गैँडा जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका [...]

पुष २७ गते, २०७८ ११:४३ मा प्रकाशित

सीमाक्षेत्रमा घर फर्कनेको लर्को

      महोत्तरी, २७ पुसरोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या [...]

पुष २७ गते, २०७८ ११:४३ मा प्रकाशित

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

     सुदूरपश्चिम, २७ पुसनेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित हुनुभएको छ । गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनुभएको [...]

पुष २७ गते, २०७८ ११:३६ मा प्रकाशित

मध्यपुरथिमिको मिनी कोसीटप्पुमा गरुड भेटियो

      भादगाउँ, २७ पुस   मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ । ख्यातिप्राप्त वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौँको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं [...]

पुष २७ गते, २०७८ ११:३० मा प्रकाशित

    ९० प्रतिशतले घट्यो मह उत्पादन   

जाजरकोट, भारी मात्रामा मह उत्पादन गिरावट आएपछि यहाँका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् ।        नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्रीबाट रु [...]

पुष २७ गते, २०७८ ०९:१४ मा प्रकाशित

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

    म्याग्दी, २७ पुस  असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।        वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति [...]

पुष २७ गते, २०७८ ०९:०७ मा प्रकाशित

विभिन्न मुद्दाका १९ फरार प्रतिवादी पक्राउ

     दमौली, २७ पुस जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो ।        सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट [...]

पुष २७ गते, २०७८ ०९:०७ मा प्रकाशित

सुलभ कर्जा अनुदानबाट किसान बञ्चित

    रुकुमपूर्व, २७ पुस रुकुमपूर्वका किसान प्रक्रिया पु¥याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् । कृषकलाई प्रोत्साहन गर्नका लागि प्रदेश सरकारले यो कार्यक्रम सुरुआत गरे पनि जिल्लाका कृषकले त्यसको लाभ [...]

पुष २७ गते, २०७८ ०८:५८ मा प्रकाशित