वैशाख २४ २०८३, बिहीबार

राजनीति

सत्ता गठबन्धनको ध्यानाकर्षण अदालतको विवादमा

काठमाडौं,१ मङ्सिर  सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवादबारे मुख खोलेका छन् । सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको कात्तिक  गते मंगलबार बसेको बैठकमार्फत सत्ता गठबन्धनमा आबद्ध पाँच दलले अदालतको विवादबारे [...]

मंसिर १ गते, २०७८ ०८:३९ मा प्रकाशित

प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

         विराटनगर, ३० कात्तिक   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित भएको छ ।        मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो [...]

कार्तिक ३० गते, २०७८ १७:२० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौँ

काठमाडौँ, ३० कात्तिक प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको [...]

कार्तिक ३० गते, २०७८ १६:०७ मा प्रकाशित

वार्ता र संवादबाटै गतिरोध अन्त्य गर्न संवैधानिक आयोगहरुको अनुरोध

    काठमाडौँ, ३० कात्तिक विभिन्न नौ संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् ।        राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु [...]

कार्तिक ३० गते, २०७८ १३:५६ मा प्रकाशित

सर्वोच्च अदालतमा तोकियो सबै प्रकारका मुद्दामा पेसी

     काठमाडौँ, ३० कात्तिक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।         प्रधानन्यायाधीश राणाले दसवटा इजलासमा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि कुनै पनि इजालास तोक्नुभएको छैन । दस पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल [...]

कार्तिक ३० गते, २०७८ १३:०५ मा प्रकाशित

बन्दबाट जनजीवनमा सामान्य प्रभाव

  काठमाडौँ, ३० कात्तिकनेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ । औद्योगिक क्षेत्र र व्यापारव्यावसायमा [...]

कार्तिक ३० गते, २०७८ १२:१५ मा प्रकाशित

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

         काठमाडौँ, २९ कात्तिक अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ ।        प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन [...]

कार्तिक २९ गते, २०७८ १८:०१ मा प्रकाशित

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा रिजाल

      काठमाडौँ, २९ कात्तिकरक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास [...]

कार्तिक २९ गते, २०७८ १७:५४ मा प्रकाशित

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

काठमाडौँ, २९ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश [...]

कार्तिक २९ गते, २०७८ १६:०२ मा प्रकाशित