वैशाख ९ २०८२, मंगलबार

समाचार

सामान्य गिरावट सुनको मूल्यमा , चाँदी स्थिर

काठमाडौं, १८ साउन साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार [...]

साउन १८ गते, २०७८ १३:१४ मा प्रकाशित

डिम्याट खाता खोल्न हप्ता दिन लाग्छ आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा

काठमाडौँ, १८ साउन  नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् ।         टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको [...]

साउन १८ गते, २०७८ १२:५८ मा प्रकाशित

जुम्ला विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडियो

खलङ्गा, १८ साउन   जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताउनुभयो ।         उहाँले भन्नुभयो, “प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी [...]

साउन १८ गते, २०७८ १०:५० मा प्रकाशित

हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने

ललितपुर, १८ साउन   पाटन दरबार परिसरबाट उत्तर दिशामा अवस्थित हीरण्यवर्ण महाविहारभित्रका धार्मिक छाना जीर्णाेद्धार गरिने भएका छन् । विसं २०७२ को विनाशकारी भूकम्पले विहारभित्रका केही छानाका साथै त्यसको माथिल्लो भागसमेत चर्काएर जीर्ण बनाएकाले सो नयाँ बनाइन लागिएको हो ।         शाक्यमुनि बुद्धको [...]

साउन १८ गते, २०७८ १०:४२ मा प्रकाशित

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

       सिन्धुपाल्चोक, १८ साउन  शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।         उहाँका अनुसार [...]

साउन १८ गते, २०७८ १०:३१ मा प्रकाशित

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन

      काठमाडौँ, १८ साउन टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन [...]

साउन १८ गते, २०७८ १०:२१ मा प्रकाशित

चिकित्सक दम्पतीको निःशुल्क विशेषज्ञ सेवा

      सुर्खेत, १८ साउन कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाको लाटीकोइलीमा निःशुल्करुपमा डाक्टर दम्पतीले सेवा दिन थालनुभएको छ ।         लाटीकोइलीको स्वास्थ्यचौकीमा डा शुभ श्रेष्ठ र डा कृतिका थापा श्रेष्ठले बिरामीलाई जाँच शुरु गर्नुभएको छ । बजारमा आएर महँगो शुल्क तिरेर लिइने [...]

साउन १८ गते, २०७८ १०:१३ मा प्रकाशित

महिला हिंसाका घटना बढे

       बाँके, १८ साउन जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा घरेलु हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय बालबालिका, महिला, ज्येष्ठ नागरिक केन्द्र महिला सेलकी सूचना अधिकृत रमा शिरिषले दिएको जानकारी अनुसार कूल ६६२ घटना दर्ता भएका र उजुरीमध्ये ५९ घटना [...]

साउन १८ गते, २०७८ १०:०३ मा प्रकाशित

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता

बनेपा, १८ साउन ,  सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका [...]

साउन १८ गते, २०७८ ०७:१७ मा प्रकाशित