वैशाख ६ २०८२, शनिबार

शिक्षा

बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई आयोगको निर्देशन

          काठमाडौंँ, ७ मङ्सिर   निर्वाचन आयोगले राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ ।         आयोगले राजनीतिक [...]

मंसिर ७ गते, २०७८ १७:१९ मा प्रकाशित

शिक्षामा नवसिर्जना मेला

       काठमाडौँ, ६ मङ्सिर अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दैछ । यही मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन [...]

मंसिर ६ गते, २०७८ ०९:५७ मा प्रकाशित

‘बालबालिकाका लागि परिवार’ पुस्तक सार्वजनिक

    सिमकोट, ५ मङ्सिर लामो समयदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाल नवीन समाजले ‘बालबालिकाका लागि परिवार’ नामक पुस्तक विमोचन गरेको छ । विभिन्न प्रलोभनमा पारेर जिल्ला बाहिर काठमाडौँका विभिन्न बालगृहमा रहँदै आएका बालबालिकालाई जिल्लामा उद्धार गरी ल्याएपश्चात उनीहरूको अनुभवलाई [...]

मंसिर ५ गते, २०७८ ११:१९ मा प्रकाशित

चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

          मार्तडी, ३ मङ्सिर हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।         यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली [...]

मंसिर ३ गते, २०७८ १२:३५ मा प्रकाशित

भवन भाँसिएपछि खेतमै पढाइ

      बझाङ, २ मङ्सिर विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ।        अत्यधिक वर्षाले विद्यालयको भवन [...]

मंसिर २ गते, २०७८ १६:०२ मा प्रकाशित

हुम्लाका ४९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन

      सिमकोट, २ मङ्सिर पछिल्लो १८ वर्षमा चार सय ९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ ।        लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले पछिल्लो १८ वर्षमा हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर मुलुकका विभिन्न जिल्लामा लैजाँदै गरेको [...]

मंसिर २ गते, २०७८ १५:२७ मा प्रकाशित

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह

      काठमाडौँ, २ मङ्सिर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गर्नुभएको छ ।        फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश फर्कनुभएका [...]

मंसिर २ गते, २०७८ १२:१३ मा प्रकाशित

शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग

काठमाडौँ, ३० कात्तिक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै [...]

कार्तिक ३० गते, २०७८ ११:३० मा प्रकाशित

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’

सिन्धुपाल्चोक, ३० कात्तिक :   इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ [...]

कार्तिक ३० गते, २०७८ ०८:४८ मा प्रकाशित