वैशाख ७ २०८२, आइतबार

समाचार

पश्चिम सेतीको पर्खाइ: अझै विश्वास छैन स्थानीयलाई

रासस\लगानी बोर्डले पश्चिम सेती परियोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि निर्माणस्थलका बासिन्दा भने परियोजना बन्नेमा विश्वस्त देखिएका छैनन्। चार दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय कम्पनीको कब्जामा रहँदैआएको परियोजना चालू आवदेखि सरकारले भारतीय कम्पनीलाई जिम्मा दिएको हो। [...]

पुष १३ गते, २०७९ ०९:०३ मा प्रकाशित

कुखुरा फार्मसँग घुस मागेको आरोपमा सुब्बा सा’पविरुद्ध मुद्दा दायर

कालिकोट\अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको खाँडाचक्र नगरपालिकामा कार्यरत सहायकस्तर पाँचौ (नायब सुब्बा) दिपकराज देवकोटाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको [...]

पुष १२ गते, २०७९ १८:१९ मा प्रकाशित

पुस २५ मा संघीय संसद्‌को बैठक बोलाउने निर्णय

काठमाडौँ- सरकारले संघीय संसद्को बैठक आह्वान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले शपथ र पदभार ग्रहण गरेपछि सोमबार बेलुकी [...]

पुष १२ गते, २०७९ ११:३९ मा प्रकाशित

भ्रमण दशकमा समेटिनुपर्ने विषय: भीम प्रसाद पन्तको विचार 

कोरोनाबाट थलिएको पर्यटनले केही गति लिएको छ । २०२२ अघिल्लो वर्षको तुलनामा पर्यटनका लागि निकै आशाप्रद मान्न सकिन्छ । तर, पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने काम भने प्रशस्तैै छ । नेपालमा पर्यटनको सम्भावना निकै भएकाले यसका लागि एकातिर लगानी बढाउन आवश्यक [...]

पुष १२ गते, २०७९ ११:२२ मा प्रकाशित

काेहलपुर नगरस्तरिय छैटाैं मेयर कप रनिङ शिल्डमा त्रिभुवन मा. वि. प्रथम

बाँके\माध्यामिक विद्यालय स्तरीय छैटाैं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । काेहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई साेमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन [...]

पुष ११ गते, २०७९ २१:०३ मा प्रकाशित

बर्दियामा चितुवाको आक्रमणबाट एक महिला घाइते

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका-४ स्थित कृष्णसार संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।घाँस काट्नका लागि सामुदायिक वनमा पुगेकी सोही वडा तुलसीपुरकी ५२ वर्षीया सरला आचार्य खत्रीलाई आइतबार अपराह्न चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका [...]

पुष ११ गते, २०७९ २१:०० मा प्रकाशित

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले, माओवादी, नागरिक उन्मुक्तिको दाबी

बाँके\केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री दाबी गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र [...]

पुष ११ गते, २०७९ ०८:५१ मा प्रकाशित

कोहलपुरमा एक विद्यार्थी झुण्डिएको अवस्थामा फेला

कोहलपुर \बाँकेको कोहलपुरमा डाइनामिकमा अध्ययनरत विद्यार्थी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।आइतबार करिब दिउँसो १ बजेतिर बाँसगढी नगरपालिका ८ लक्षमणपुरका १९ वर्षिया लोकेन्द्र शाही कोहलपुर साँझा चोकको पूर्वपट्टी झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नेबबहादुर [...]

पुष १० गते, २०७९ २०:२२ मा प्रकाशित

डुडुवामा अवैध उत्खनन् गरिरहेको जेसिबी र टिपर प्रहरीको नियन्त्रणमा

बाँके\बाँकेको डुडुवा गाउँपालिकाको खोला छेउबाट अवैधरुपमा बालुवा खन्दै गरेको जेसिबी र टिपरलाई शनिवार राती १० बजे प्रहरीले नियन्त्रणमा लिएको छ । डुडुवा गाउँपालिका वडा नं. २ बेतहनीदेखि सन्तलिया जाने बाटोस्थित सेमरा भारी भन्ने स्थानमा अवैधरुपमा बालुवा खनिरहेको एक टिपर र [...]

पुष १० गते, २०७९ २०:२० मा प्रकाशित