काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले “पार्टीलाई उठाउने सड्ढल्प  अनि सड्ढल्प कार्यान्वयन गर्ने क्रममा केन्द्रिय महाधिवेशन” सफलता पुर्बक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । थापाले थपे:-
“महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो” । पार्टीको “बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण बैठक”लाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने दृढता ब्यक्त गरे । काङ्ग्रेस र कम्युनिष्टको बिकल्पको रुपमा राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको समेत थापाले चर्चा गरे । सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई  नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता दिपक बोहराले देशब्यापी रुपमा संगठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए । पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्व प्रती चलाईएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको बिकल्प नभएको बताए । कार्यक्रममा  बागमती प्रदेशका तेह्र जिल्लाका तिन सय पाँच प्रतिनिधिको सहभागीता थियो । केन्द्रिय पदाधिकारी सदस्य, प्रदेश समिती, जिल्ला-नगर-क्षेत्र र गाउँ पालिका प्रमुख र जनबर्गिए संगठनका प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा निर्बाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापाले समेत बोलेका थिए भने जिल्ला अध्यक्षहरुले धारणा राखेका थिए ।