कुशल मल्ल को कीर्तिमानी अर्धसतक

आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाली ब्याट्सम्यान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् । उनी एक दिवशीय क्रिकेटमा सबैभन्दा सानो उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।
यसअघि एक दिवशीय क्रिकेटमा सबैभन्दा कान्छो उमेरमा अर्धशतक बनाउने कीर्तिमान रोहित कुमार पौडेलको नाममा थियो ।
रोहितले युएईविरुद्धको एक दिवशीय सिरिजमा अर्धशतक बनाएका थिए । त्यसबेला उनी १६ वर्ष र एक सय ४६ दिनका थिए ।
कुशल भने १५ वर्ष ३४० दिनका भएका छन् ।
कीर्तिपुर मैदानमा भएको खेलमा पाँच विकेट पतन भएपछि क्रिजमा पुगेका कुशलले उत्कृष्ट प्रदर्शन गरे । ४९ रन हुँदा पाँच विकेट गइसकेको अवस्थामा ब्याट सम्हालेका कुशलले ४९ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।
उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ् सम्हालेका थिए ।




प्रतिक्रिया दिनुहोस्