भारी मतान्तरसहित दाङ प्रदेशसभामा नेकपाकी विमला विजयी
![](https://newsnamastee.com/wp-content/uploads/2020/09/869e05f2-c409-3b1f-af75-b4cd69271d4b.jpg)
काठमाडौँ :- दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी खत्री २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन् ।
उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका केशव राज शर्माले १९ हजार १८२ मत प्राप्त गरे । घर्तीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्