काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि वैज्ञानिक र पारदर्शी ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक गरेको छ। पार्टीले परम्परागत राजनीतिक दलहरूमा देखिने नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै योग्यता र विधिको शासनमा आधारित नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ।

‘फरक राजनीति चर्का भाषणमा होइन, आन्तरिक सुशासनमा देखिनुपर्छ’ भन्ने मान्यताका साथ ल्याइएको यस खाकामा उम्मेदवार बन्न चाहनेले विभिन्न चारवटा कठिन चरण र परीक्षणहरू पार गर्नुपर्ने व्यवस्था गरिएको छ।