आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्यान्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनैपर्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार उम्मेदवार बन्न चाहनेहरूले अनिवार्यरूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको हो।

आज (आइतबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए। यसअघि स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ को मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइएको थियो।