सोपान फर्मास्युटिकल्सको आईपीओमा झन्डै १० गुणा बढी आवेदन
काठमाडौँ- सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयरमा लगानीकर्ताको निकै उत्साहजनक सहभागिता देखिएको छ।
वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको यस आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ९.५७ गुणा बढी आवेदन परेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर छुट्याएकोमा २९ लाख १४ हजार ४४३ जना आवेदकबाट कुल ३ करोड ३२ लाख ६७ हजार ५० कित्ताका लागि आवेदन प्राप्त भएको छ।
मागभन्दा उल्लेख्य बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका बमोजिम यो शेयर गोलाप्रथाबाट वितरण गरिनेछ। अन्तिम तथ्यांकको विश्लेषण गर्दा कुल आवेदकमध्ये जम्मा ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्ने निश्चित देखिएको छ। यसको अर्थ आवेदन दिएका करिब २५ लाख ६७ हजार आवेदकको हात भने खाली हुनेछ।



प्रतिक्रिया दिनुहोस्