नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’
काठमाडौँ- नयाँवर्ष २०८३ साललाई लक्षित गर्दै दुई नेपाली चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएको छ । दुवै चलचित्रका निर्माताले नयाँ वर्षको अवसर पारेर नेपालसँगै विदेशमा चलचित्र प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएका छन् ।
आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ मा द्वन्द्वसँगै सामाजिक कथावस्तु रहेको अभिनेता विराज भट्टले बताए। अभिनेता भट्टले चलचित्रको आकर्षणका रुपमा द्वन्द्व, गीतसङ्गीत भएता पनि पटकथाले नै दर्शकलाई खुसी बनाउन सक्नुपर्नेमा बताए।
यसै गरी निर्देशक तुलसी घिमिरे निर्देशन गरेको आगामी वैशाख १ गते प्रदर्शन हुने चलचित्र ‘पहाड’ युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर तयार गरिएको छ। उनले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताए।





प्रतिक्रिया दिनुहोस्