काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ। गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ।

बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो। अग्रवाल र भट्ट व्यावसायिक साझेदार भएको बताइएको छ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै शंकर समूहका प्रमुख रहेका अग्रवाललाई नियन्त्रणमा लिइएको गृह मन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो।