काठमाडौँ- अर्थ मन्त्रालय ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज (सोमबार) मेरिटमा आधारित सरुवा गरेको हो।

रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उपसचिवहरुको सरूवा गरेका हुन्।