निर्वाचित भइन् आशिका
काठमाडौँ- धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशिका तामाङ विजयी बनेकी छन्।
तामाङ ३९ हजार १२८ मतसहित वियजी हुँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत प्राप्त गरे। नेकपाका राजेन्द्रप्रसाद पाण्डेले १४ हजार ७०९ मत पाए भने नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत प्राप्त गरे।




प्रतिक्रिया दिनुहोस्