काठमाडौँ– नेपाली कांग्रेसले प्रतिनिधि सभाको घोषणापत्र सार्वजनिक गरेको छ। कांग्रेसले जनकपुरधामबाट बुधबार घोषणापत्र सार्वजनिक गरेको हो। पार्टीले घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको छ।

पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेश प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो।

प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ। कांग्रेसले निर्वाचनबाट बहुमतसहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ।

यस्ता छन् १० भिजन

१. सम्मानित भएर बाँच्न पाउने नेपाल

२. सपना देख्न सक्ने नेपाल

३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५. ओखती र ओत दिने नेपाल

६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८. मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल

९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१०. समुन्नतिमा लम्किने नेपाल