सिन्धुली– मन्थली सडकखण्डमा भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।

काठमाडौँबाट ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान करिब पौने ११ बजे सेलेघाट नजिकैको बेनी मन्दिर छेउबाट तामाकोशी नदीमा खसेको हो।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार दुर्घटनामा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७ जना घाइते भएका छन्। मन्थली र धोबी हुँदै गन्तव्यतर्फ जाँदै गरेको सो बस सडकबाट सीधै नदीमा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।