दाङमा भयका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु
३१ असार, देउखुरी । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना र नदीमा डुबेर २/२ जनाको मृत्यु भएको हो ।
रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए । Source Onlinekhabar




प्रतिक्रिया दिनुहोस्